३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। गोकुलेश्वर– दार्चुला सडकखण्डको पनेबाँजमा  आज बिहान पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको हो।  

सडक माथिबाट पहिरो खस्दा करिब ५० मिटर सडकमा क्षति पुग्नुका साथै  सडकको ग्याभिनवाल पनि भत्किएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए। सडक भत्किएपछि सवारीसाधन आवतजावतमा समस्या भएको छ।  पहिरो गएपछि सडक खुलाउन जेसीबीले सम्भव नभएपछि गोकुलेश्वरबाट स्काइभेटर मगाइएको छ। सडक खुलाउन केही समय लाग्ने भएकोले  बेलुकासम्म खुल्न सक्ने प्रहरीले जनाएको  छ।  

सडक अवरुद्ध हुँदा राजमार्ग सञ्चालन हुने सवारीसाधन  बन्द रहेका छन् भने यात्रुहरु अलपत्र परेका छन्। पनेबाँजमा केहीवर्षदेखि वर्षाको समयमा पहिराले सडक अवरुद्ध हुँदै आएको छ। 

प्रकाशित: १५ असार २०७७ १०:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App