१० मंसिर २०८१ सोमबार
image/svg+xml

त्रिभुवन राजपथमा राति बस चलाउन निषेध

राजपथको मोड साँघुरो भएका कारण यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मुग्लिन सडक सञ्चालनमा नआएसम्म हेटौँडामा नै प्रतिक्षा लाममा राख्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

लोक्पा पहिरोले एक सातादेखि बाटो बन्द

'मानिस पैदल हिँड्नुपर्छ भने खच्चडबाट खाद्यान्न, निर्माण सामग्री ढुवानी गरिन्छ। एक हप्तादेखि खच्चड आउन सकेको छैन, मान्छे हिड्ने बाटो पनि छैन’ उनले भने ‘पहिरोकै कारण म १० गतेदेखि वडा कार्यालय जान पनि सकेको छैन।’

डुम्रे–बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीका अनुसार वैकल्पिक सडकका रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भइरहेको छ।

अवरुद्ध डुम्रे-बेँसीसहर सडक सञ्चालन

गत वर्ष र असार पहिलो साता आएको बाढीले डुम्रे–बेँसीसहरको देउराली डाँडाको सडक बगाएपछि वैकल्पिकरुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस भागमा माथिबाट पहिरो खसेर अवरुद्ध भएको सडक पुनः सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए।

अवरुद्ध राजमार्गका यात्रुको पीडा: २७ घण्टासम्म राजमार्गमै

पहिरोले राजमार्ग अवरुद्ध हुँदा यात्रु २७ घण्टासम्म राजमार्गमा रोकिएका थिए। उनीहरुले न त खान पाए, न शौच गर्न पाए। पोखरा–मुग्लिन खण्डको पहिरोले यात्रुलाई घन्टौ सडकमै अलपत्र पारेको थियो।

लैङ्गिक तुलोमा स्थानीय निर्वाचन

गठबन्धनका कारण अनुमान गरिए जति महिलाको सङ्ख्या घटेन। तर यो सकारात्मक सङ्केत हुँदै हैन किनकि यसले राजनीतिमा लैङ्गिक समानताको गतिलाई ५ वर्षअघिकै ठाउँमा रोकिन बाध्य पार्‍यो। बढ्न सक्ने सङ्ख्यामा अङ्कुश लगायो।

देउमाईमा अवरुद्ध मतगणना गएरातिदेखि निरन्तर

इलामको देउमाई नगरपालिकामा दलहरूबीच सहमति भएपछि गएरातिदेखि मतगणना निरन्तर भइरहेको छ।

तीन सातादेखि टेलिफोन अवरुद्ध

नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि हुम्लाका अदानचुली, ताँजाकोट, चङ्खेली र सर्केगाडसहित मुगुका सोरु गाउँपालिका सञ्चारबिहीन भएका छन्।

स्थानीयवासीद्वारा डुम्रे–बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध

कानुनअनुसार अगाडि बढ्ने र निषेधाज्ञा तथा विरोध प्रदर्शन नगर्ने सहमति भएसँगै बुधबार गरिएको आन्दोलन स्थानीयवासीले फिर्ता लिएका थिए। असहज परिस्थिति सिर्जना भएसँगै प्रशासनले सिउडीबजार क्षेत्रमा निषेधाज्ञासमेत लगाएको थियो।

बाक्लो हिमपातले दुई राजमार्ग अवरुद्ध

गए रातिदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ। राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ।

हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए।

संसद् अवरुद्ध भइरहँदा एमाले सांसद नै बेखुसी

एमालेका केही सांसदले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्न नहुने तर्क अघि सारेका छन् भने केही सांसदहरू एमसिसीमा संसद्ले निर्णय गरेपछि मात्र संसद् बैठक सुचारु गर्नुपर्ने मत राखेका छन्।

एमालेको संसद् अवरोधः एमसिसीको जस/अपजसबाट जोगिने दाउ

अब बस्ने बैठक पनि अवरुद्ध गर्ने एमालेले जनाएको छ। एमालेले तत्कालीन वरिष्ठ नेता माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै गत भदौ २३ देखि सुरु भएको नवाैँ अधिवेशनको सुरु दिनदेखि नै प्रतिनिधिसभामा नाराबाजी र राष्ट्रियसभामा उठेर विरोध गर्दै आएको छ।

दुर्घटनामा दिदीभाइकै मृत्यु भएपछि रत्नराजमार्ग अवरुद्ध

नेपाली सेनामा जागिर खाएको तीन वर्षपछि भेरीगंगा नगरपालिका–१२, छिन्चुका रवीन रानामगर दिदीको हातबाट भाइटीका लगाउन गत बिहीबार विहान लक्ष्मीपूजाको दिन रुकुम पश्चिमबाट घर पुगेका थिए। विहानको खाजा–खाना खाएपछि रवीन दिदीलाई स्कुटीमा राखेर भाइटीकाको किनमेलका लागि सदरमुकाम वीरेन्द्रनगरतर्फ लागे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्