coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

देउमाईमा अवरुद्ध मतगणना गएरातिदेखि निरन्तर

इलामको देउमाई नगरपालिकामा दलहरूबीच सहमति भएपछि गएरातिदेखि मतगणना निरन्तर भइरहेको छ।

स्वस्तिक बोकेका कर्मचारी मतगणनास्थलमा भेटिएको भन्दै नाराबाजी भएपछि हिजो (शनिबार) बिहानदेखि गएरातिसम्म मतगणना स्थगित थियो।

अवस्था तनावपूर्ण बनेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको थियो। त्यस क्रममा आक्रोशित युवाले नगरपालिकाको कार्यालयमा ढुंगामुढा गर्दा २२ सुरक्षाकर्मी घाइते भएका थिए। सिडिओ माधव ढुंगाना, जिल्ला प्रहरी प्रमुख (एसपी) महेन्द्रकुमार श्रेष्ठसहितको टोली त्यहाँ पुगेर छलफल गरेपछि पुनः मतगणना गर्ने सहमति जुटेको थियो।

विवादित सहित केही कर्मचारीलाई गणनामा नराख्ने सहमति भएपछि सदरमुकामबाट अरू कर्मचारी गणनाका लागि खटाइएको सिडिओ ढुंगानाले जानकारी दिए। ‘अहिले देउमाईमा मतगणना शान्तिपूर्ण रूपमा चलिरहेको छ,’ उनले भने।

प्रकाशित: १ जेष्ठ २०७९ ०४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App