१० मंसिर २०८१ सोमबार
image/svg+xml

बैतडीका ग्रामीण सडक अवरुद्ध

बेमौसमी वर्षाले बैतडीका ग्रामिण सडकमा सवारी साधन चल्न सकेका छैनन्। सवारी साधन नचल्दा दैनिक उपभा्ग्य समानदेखि आवतजावत गर्न समस्या भएको स्थानीय बताउँछन्।

अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्याे

उक्त राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड अहिले बिहान साढे १० बजे दुईतर्फी नै सञ्चालनमा आएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

पहिरोले मध्यपहाडी राजमार्ग अवरूद्ध

अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गस्थित खुर्कोट–घुर्मी खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

सम्शेरगन्जमा राजमार्ग अवरुद्ध

आक्रोशित स्थानीयले मंगलबार (आज) बिहान साढे ११ बजेतिरबाट पुनः जिरो चोकमा राजमार्ग अवरुद्ध गरेको स्थानीय भिम खड्काले बताए। प्रहरीले बस र कंचनपुरका चालक निरज बहादुर लोहारलाई नियन्त्रणमा लिइसकेको जनाएको छ।

अवरुद्ध सडक खुलेपछि मनाङको जनजीवन सहज बन्दै

विगत तीन महिनादेखि अवरुद्ध बेसीशहर–चामे सडकखण्डको धारापानी माथिसम्म सडक पुगेपछि औपचारिकरुपमा सञ्चालनमा आएको छ।

टेलिकमको फोरजी सेवासहितको टावर सञ्चालन

जिल्लाको विभिन्न १८ स्थानमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ। जिल्लाका दशवटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले पहिलो चरणमा जिल्ला विभिन्न १८ स्थानमा सञ्चालनमा ल्याएको हो।

काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा इन्टरनेट अवरुद्ध

शनिबारदेखि काठमाडौँ उपत्यकालगायत देशका अधिकांश स्थानमा इन्टरनेट सेवा प्रभावित भएको छ। नेपाल विद्युत् प्राधिकरणले तार काट्दा आधिकांश स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको हो।

पहिरोले मेची राजमार्ग अवरुद्ध

पहिरोले मेची राजमार्गको आधाभन्दा बढी भाग झरेपछि मेची राजमार्ग अवरुद्ध भएको छ। इलाम बजारनजिकैको धोबिधारादेखि कुलधाराबीचमा पर्ने नामसालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी) कार्यालयछेउको खोल्सीमा राजमार्ग नै धस्सिएर झरेको हो।

बाढीका कारण साना जलविद्युतमा क्षति, विद्युत सेवा अवरुद्ध

निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी आचार्यले दसैँ अगाडि आयोजनाको मर्मत गरेर विद्युत् उत्पादनको कार्य पुनःसुरु गर्ने सम्भावना नरहेको बताए।

अवरुद्ध राजमार्ग तत्काल खुलाउन यातायात व्यवसायीको माग

बुधबार साँझ एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएसँगै चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढ्दै जाने जनाउँदै यात्रुलाई सहजरूपमा गन्तव्यस्थलसम्म पुर्‍याउन अवरुद्ध राजमार्ग तत्काल खुलाउन सरकारसँग माग गरेका हुन्।

दलको रिसले राज्य ठप्प

अहिले आएर संसद् चल्नै नदिने भूमिका देखिएको छ। यसले एमालेलाई फाइदा गर्दैन। दलबीचको आपसी तिक्तता देश ठप्प पार्ने हदमा जानु भनेको आमनागरिकले यिनलाई विश्वास गर्न नसक्ने स्थिति बन्दै जानु हो। मुलुकको जटिल अवस्थालाई ध्यानमा राखी ‘मेरो गोरुको बाह्रै टक्का’ जस्तो प्रवृत्तिमा रोक लगाउन सक्नुपर्छ।

अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन

गए राति २ बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

असंसदीय अभ्यास

सभामुखविरुद्ध नारा/जुलुस गर्ने वा उनीविरुद्ध क्रियाकलाप गर्न छूट छैन। तर अहिले सभामुखविरुद्ध जसरी नारा लाग्दै आएको छ, त्यसले भोलिका दिनमा पनि संसद्का बैठक चलाउन सक्ने अवस्था नआउन सक्छ। यो स्थितिमा कसैले पनि संसद् चलाउन सक्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्