२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

तीन सातादेखि टेलिफोन अवरुद्ध

हुम्लाको तल्लो क्षेत्रमा करिब तीन सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि हुम्लाका अदानचुली, ताँजाकोट, चङ्खेली र सर्केगाडसहित मुगुका सोरु गाउँपालिका सञ्चारबिहीन भएका छन्।

सेवा अवरुद्ध भएपछि टेलिफोनका माध्यमबाट गर्ने सबै खालका कामकारबाही प्रभावित भएकोे छ। यहाँका वासिन्दालाई अग्लो डाँडामा चढी घण्टौ कुरेर फोन गर्नु परेको अदानचुली गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचनका लागि खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीलाई जिल्ला वा सम्बन्धित निकायमा खबर गर्न गाह्रो भएको बताइएको छ।

यसैगरी जिल्लाको माथिल्लो क्षेत्रका नागरिक तीन दिनदेखि टेलिफोन सञ्चार सेवाबाट बञ्चित छन्। दैलेखमा रहेको महाबुलेखको टावरमा खराबी आउँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नुपरेको छ। यस्तै इन्टरनेट सेवा अवरुद्ध हुँदा आधा दर्जन बढी बैंक तथा वित्तीय संस्थाको कारोबार ठप्प भएको छ।

प्रकाशित: २१ वैशाख २०७९ ०२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App