१९ वैशाख २०८१ बुधबार
image/svg+xml

बागमती प्रदेश सरकारद्वारा ९५ पुल निर्माण

बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा ९५ पुल निमार्ण गरेको छ। यातायात सेवा सहज गर्न पुल निर्माण गरिएका हुन्।

श्रमदानबाट पुल निर्माण गर्दै इच्छाकामना

चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ। इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न सुरु गरिएको हो।

पाँचथरको हेंवाखोलामा हिम पाइप राखेर अस्थायी पुल निर्माण गर्ने तयारी

पानीको बहाव केही कम भएपछि पाँचथरको हेंवाखोलामा हिम पाइप राखेर अस्थायी रुपमा सवारी आवागमन सुरु गर्ने विकल्प अघि सारिएको छ । पाँचथरका प्रहरी प्रमुख(डिएसपी)हरि खतिवडाले खोलामा हिम पाइप राख्ने क्रम सुरु भएको बताए ।

दुई वर्षदेखी पुल निर्माण अलपत्र

ठेकेदारले सम्झौता अनुसार काम नगर्दा जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरस्थित किरण नालामा झण्डै २ वर्षदेखी पुल निर्माण कार्य अधुरै रहेको छ । नेपालगन्ज–परस्पुर–गौघाट सडक खण्ड अन्तरगत पर्ने उक्त पुल लुम्बिनी प्रदेश सरकारको बजेटबाट सडक पुर्वाधार विकास कार्यालय नेपालगन्जले बनाउन लागेको हो ।

पुल निर्माणमा १० अर्ब खर्चिंदै

सडक विभाग मातहतको पुल महाशाखा लक्ष्य अनुसार पुल निर्माण गर्न बारम्बार असफल हुँदै आइरहेको छ। विगत चार वर्षको पुल निर्माणको तथ्यांक केलाउँदा पनि लक्ष्य अनुसारको उपलब्धि हात पार्न नसकेको देखिन्छ।

बागलुङमा दोस्रो लामो पुल बन्ने

बागलुङ नगरपालिकाको निरन्तर प्रयासपछि डिभिजनले बागलुङ नगरपालिका–४ गौरीधामदेखि पर्वतको जलजला गाउँपालिका–८ नागलीबाङ जोड्ने लामो पुल निर्माणको प्रक्रिया अघि बढाएको हो।

पुल बन्ने भएपछि सर्लाही र रौतहटमा खुसी

सर्लाही र रौतहट जोड्ने हुलाकी राजमार्गको वाग्मती नदीमा पुल बन्ने भएपछि दुवै जिल्लाका स्थानीयबासी खुसी भएका छन्।

सेतीगण्डकी पुल निर्माणमा ढिलाइ

तनहुँको एक मोटरेबल पुल निर्माणमा ढिलाइ भएको छ। जिल्लाको शुक्लागण्डकी नगरपालिका–७, दोभान र भिमाद नगरपालिका–८, भागर जोड्न सेती नदीमाथि निर्माणाधीन पुलको काममा ढिलाइ भएको हो।

सरकारले बाढीग्रस्त मेलम्ची क्षेत्रमा तत्काल चार वटा यान्त्रिक पुल निर्माण गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार अपरान्ह सिंहदरवारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रको जनजीवनलाई सहज बनाउने गरी बाढीग्रस्त मेलम्ची क्षेत्रमा तत्काल ४ वटा यान्त्रिक पुल निर्माण गर्ने निर्णय गरेको हो।

सुनकोसी पुल निर्माणमा चरम ढिलासुस्ती

१२० मिटर लम्बाई हुने ‘आर्क’ डिजाईन पुलको हालसम्म वित्तीय ४५ प्रतिशत र भौतिक प्रगति ४८ प्रतिशत मात्र सम्पन्न भएको सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ सुनसरीका साइड इन्जिनियर रवी शाहले बताए।

फोक्सिङटार ‘आर्क ब्रिज’ निर्माणमा ढिलासुस्ती

निर्माण व्यवसायीले हाल खोटाङतर्फको आर्क राख्ने रडको प्वाल ड्रिल लगाएर छोडिरहेको छ। बिमको फेदमा गरिएको ढलानमा रहेको आर्क राख्ने रड वर्षाको बाढीले बगाएको थियो। खोटाङलाई पूर्वी सहरसँग जोड्ने ‘आर्क–ब्रिज’ निर्माणको काममा चरम ढिलासुस्ती भएको व्यापक जनगुनासो आएपछि गाउँपालिका अध्यक्ष राईले पुलसँग सम्बन्धित डिई शाह र निर्माण व्यवसायी थापालाई काठमाडौंमा एक ठाउँमा भेला गरेका थिए।

रसुवागढी नाका जोड्ने सडकमा डेढ वर्षभित्र ३२ वटा पुल निर्माण सकिने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी–स्याफ्रु सडक खण्डमा ३२ वटा पुल निर्माण गरिने भएको छ। ती पुल डेढ वर्षभित्र निर्माण भइसक्ने छन्। हाल गल्छीदेखि मैलुङहुँदै स्याफ्रुसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ। जसमा पुल निर्माण पनि पर्छ।

ठेक्का लागेको नौ महिनासम्म पुल निर्माण शुरु भएन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना भएर बग्ने घारखोलामा ठेक्का लागेको नौ महिनासम्म पनि मोटरेबल पुल निर्माण शुरु भएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्