८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

रसुवागढी नाका जोड्ने सडकमा डेढ वर्षभित्र ३२ वटा पुल निर्माण सकिने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी–स्याफ्रु सडक खण्डमा ३२ वटा पुल निर्माण गरिने भएको छ। ती पुल डेढ वर्षभित्र निर्माण भइसक्ने छन्। हाल गल्छीदेखि मैलुङहुँदै स्याफ्रुसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ। जसमा पुल निर्माण पनि पर्छ।

ठेक्का लागेको नौ महिनासम्म पुल निर्माण शुरु भएन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना भएर बग्ने घारखोलामा ठेक्का लागेको नौ महिनासम्म पनि मोटरेबल पुल निर्माण शुरु भएको छैन।

म्याद गुज्रिन लाग्यो तर पुल बन्ने छाँट देखिदैन

पोखराको फिर्के पुल समयमै निर्माण सम्पन्न नहुने भएको छ। पोखरा–बागलुङ राजमार्ग अन्तर्गत पोखराको प्रस्याङमा निर्माणाधीन पुल समयमै सम्पन्न नहुने निश्चित भएको हो। २०७५ साल असोज ८ गते सम्झौता भई २०७७ साल चैत ३० गतेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो पुल निर्माण कम्पनीको ढिलासुस्तीका कारण समयमै नसकिने पक्का भएको सडक विभाग पोखराले जनाएको छ।

पुल निर्माण लक्ष्यको आधा

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा उपत्यकामा सडक चौडा अभियानको सुरुवात गरे। त्यसैको परिणामस्वरुप २०७१ सालमा माइतीघर–तीनकुने ६ लेनको सडक तयार भयो। ६ लेनको उक्त सडक चिटिक्क र आकर्षक छ। सडकको बीचमा रोपिएका बोटबिरुवा हुर्किएर मनमोहक देखिने भइसके।सडक चौडा भए पनि तीनकुने बाग्मती पुलनजिक पुगेपछि भने बाटो फेरि साँघुरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्