११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आजदेखि सङ्घीय नमूना युवा संसद्

राष्ट्रिय युवा परिषद्ले युवालाई संसदीय गतिविधिका बारेमा सुसूचित गराउन आजदेखि ‘सङ्घीय नमुना युवा संसद्’ सञ्चालन गरेको छ ।

अदालतको आदेश छलेर संसद्मा अध्यादेश

सरकारले पेस गरेको नागरिकता अध्यादेश संविधानको धारा १०५(२), १२८(४), १०५ र राष्ट्रियसभाको नियमावली, २०७५ को नियम २१(ग) विपरीत छ।

सरकारले अदालतलाई टेरेन नागरिकता अध्यादेश संसद्मा पेस

अदालतले नागरिकता अध्यादेश अगाडि नबढाउनू, यथास्थितिमा राख्नू भन्ने आदेश दिए पनि सरकारले बिहीबार सुरु भएको राष्ट्रियसभा अधिवेशनमा पेस गरेको छ।

संसद् दिवसमा कार्यक्रम भएन

पटकपटकको संसद् विघटन र कोरोना संक्रमणले संसद् दिवसको औचित्यमा ह्रास आउन थालेको छ। संसद्लाई जनताको सच्चा सहयोगी संस्था बनाउने उद्देश्य बोके पनि आखिर संसद्माथि हुने प्रहारले पनि यसको गरिमा र महत्त्वमा असर पर्दै आएको छ।

बर्खे अधिवेशनका लागि संसद् सचिवालयको तयारी सुरु

राष्ट्रिय सभाको बर्खे अधिवेशनमा बैठक बस्नका लागि संसद् सचिवालयले आवश्यक तयारी सुरु गरेको छ।

स्थिरताका लागि संसद्

यतिबेला प्रतिनिधिसभाको दोस्रो विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामै देशको ध्यान छ। मुलुकमा स्थिरताका निम्ति भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको विघटनविरुद्ध विपक्षी दलहरूमात्र होइन, सत्तारुढ नेकपा (एमाले) का नेता तथा सांसदहरूसमेत छन्।

‘जनताको जीवनमा परिवर्तनको अनुभूति गराउनु आवश्यक छ’

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गणतान्त्रिक व्यवस्थाप्रति जनताको भरोसा बढाउन परिवर्तनको अनुभूति गराउनु आवश्यक रहेको बताएका छन् ।

संसद् विघटबारे सभामुखद्वारा पूर्वसभामुखसँग छलफल

सभामुख अग्निप्रसाद सापकोटाले संसद् विघटको विषयमा गरेको पूर्वसभामुखहरूसँगको छलफलमा उनीहरूले अल्पमतको सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्न नमिल्ने बताएका छन्।

संसद् पुनःस्थापनाको पक्षमा २४ रिट

सोमबार मात्रै २८ वटा रिट निवेदन दर्ता भएका छन्। २४ वटा पुनःस्थापनाको पक्षमा छन्। त्यसैगरी प्रधानमन्त्री ओली नै रहने र तोकिएको समयमै निर्वाचनको माग गरी ४ वटा रिट निवेदन दर्ता भएका छन्। तीमध्ये संवैधानिक इजलासमा ९ वटा रिट निवेदन दर्ता भएका छन्। १५ वटा एकल इजलासबाट सुनुवाइ हुनेछन्।

सर्वोच्च अदालतः संसद् पुनःस्थापनामा २४ र ओलीलाई प्रम नियुक्त गर्न चार निवेदन

सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने गर्दै २४ र केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्नेमाग गरी चार रिट निवेदन दर्ता भएका छन्।

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बुधबार

समसामयिक राजनीतिक विषयमा छलफलका लागि संसद् भवनको ल्होत्से कक्ष बानेश्वरमा अपराह्न २ः३० बजे बैठक बस्न लागेको हो।

संसद्को आयु ओली सरकारको भविष्यमा निर्भर

नेपाल समूह र जसपा ठाकुर समूहले विश्वासको मतको पक्षमा मतदान गरेपछि ओलीले दुई वर्षसम्म सत्ता चलाउन सक्नेछन्। तर, बीचबाटोमा जसपा बाहिरिएमा धारा ७६ को कुनै धाराबाट पनि प्रधानमन्त्री बन्न नसक्ने अवस्था आएमा संसद् विघटन हुनेछ।

१५ सांसदसहित ६९ जनालाई संक्रमण, एक कर्मचारीको मृत्यु

संसद् सचिवालयले गरेको कोरोना परीक्षणमा ६९ जनामा कोरोना भाइरस पुष्टि भएको छ। शुक्रबार बेलुकीसम्ममा १५ जना सांसद र अन्य कर्मचारी, सुरक्षाकर्मी गरी ६९ जनामा कोरोना संक्रमण भएको संसद् सचिवालयले जनाएको छ।

संसद् छल्न राजीनामा र पुनर्नियुक्तिको नाटक

मुख्यमन्त्रीले राजीनामा गरेर आइतबार एमालेका तर्फबाट ४१ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाइएपछि एमालेकै केही सांसदले त्यसको प्रतिवाद गरे। दाङबाट उपनिर्वाचन जितेकी विमला खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमा लागेको र आफ्नो हस्ताक्षर एमालेले दुरुपयोग गरेको पत्रकार सम्मेलन गरेर जानकारी गराइन्।

हठात संसद् अन्त्य गरेर सरकारले स्वेच्छाचारी प्रवृत्ति देखायो: कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक हठाहत अन्त्य गरेर सरकारले स्वेच्छाचारी प्रवृति प्रर्दशन गरेको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले जनसरोकारका कयाैं विषयमा छलफल गर्न छाडेर बैठक अप्रत्यासित रूपमा अन्त्य गरेको आरोप लगाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्