१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘जनताको जीवनमा परिवर्तनको अनुभूति गराउनु आवश्यक छ’

फाइल तस्बिर

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गणतान्त्रिक व्यवस्थाप्रति जनताको भरोसा बढाउन परिवर्तनको अनुभूति गराउनु आवश्यक रहेको बताएका छन् ।  गणतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक खिचातानीका कारण व्यवस्थाप्रति नै नैराश्यता पैदा गर्ने जबर्जस्त प्रयास हुँदै आएको उल्लेख गरेका छन् ।  

कुनै पनि व्यवस्था अभ्यासबाट परिपक्व हुँदै जाने उल्लेख गर्दै पौडेलले संवैधानिक तथा कानूनी प्रबन्धको परिधिभित्र रहेर संवैधानिक दायित्व पूरा गर्ने संस्थालाई अनावश्यक विवादमा तान्नु नहुने बताएका छन् ।  ‘नेपाली जनताको अथक संघर्ष र बलिदानको जगमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको स्थापना भएको हो, गणतन्त्र दिवसका अवसरमा देश र जनताको हितका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् शहीदहरुप्रति हार्दिक श्रदाञ्जलि व्यक्त गर्दछु, घाइते एवं  अङ्गभङ्ग भई उपचारमा रहनुभएका योद्धाहरुको शीघ्रस्वास्थ्य लाभको कामना गर्दछु’, पौडेलले सन्देशमार्फत भनेका छन् । 

प्रकाशित: १५ जेष्ठ २०७८ ०९:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App