१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

संसद् दिवसमा कार्यक्रम भएन

पटकपटकको संसद् विघटन र कोरोना संक्रमणले संसद् दिवसको औचित्यमा ह्रास आउन थालेको छ। संसद्लाई जनताको सच्चा सहयोगी संस्था बनाउने उद्देश्य बोके पनि आखिर संसद्माथि हुने प्रहारले पनि यसको गरिमा र महत्त्वमा असर पर्दै आएको छ। 

सर्वोच्च अदालतले पुनस्र्थापित गरेको संसद् जेठ ७ गते मध्यराति फेरि विघटन भएसँगै यस वर्ष पनि संसद् दिवसको कुनै रौनक छैन।  सभामुख र राष्ट्रियसभा अध्यक्षबीचमा पनि सहकार्य नहुँदा विज्ञप्ति पनि सँगै आउन सकेन। अघिल्लो वर्ष सभामुख र राष्ट्रियसभा अध्यक्षले संयुक्त विज्ञप्तिमार्फत सम्पूर्ण नेपालीमा संसद् दिवसको बधाई र शुभकामना व्यक्त गरेका थिए। 

संसद् दिवसले संघीय संसद् सदस्य, संविधानसभाका सदस्य, पूर्वसांसद, राष्ट्रसेवक कर्मचारीलगायत सबैमा संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन प्रेरणा मिल्नेछ,’ भन्दै सभामुख अग्निप्रसाद सापकोटाले विज्ञप्ति निकालेका छन्।

नेपालको इतिहासमा पहिलो संसदीय निर्वाचनपछि २०१६ असार १६ गते मध्येराति संसद्को पहिलो बैठक प्रारम्भ भएको थियो। उक्त ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष असार १६ गते संसद् दिवस मनाउने गरिन्छ। पूर्वसांसद मञ्चले संसद् सचिवालयसँगको समन्वयमा विभिन्न अन्तरक्रिया, चियापान र शुभकामना कार्यक्रम गरी संसद् दिवस मनाउने गरेको थियो।

प्रकाशित: १७ असार २०७८ ०१:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App