११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एमसिसी संसद्को कार्यसुचीमा राख्न आग्रह

नेकपा एमालेका सांसद खगराज अधिकारीले अमेरिकी सहयोग सम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई संसदको बिजनेस बनाउन सभामुखसमक्ष आग्रह गरेका छन्। सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले तीन चार वर्षदेखि थन्किएको यो सम्झौता संसद्बाट अनुमोदन गर्न ढिलाई भएको बताए।

सकुनिले पासा फ्याँकेजस्तो फेरि संसद् विघटन नगरौं: गिरि

सहमति नगरी चुनावमा जाँदा त्यसले नकारात्मक अवस्थाको सिर्जना हुने उनले बताए। सानो समूहले नमान्दा ०४७ सालको संविधानको विनाशको विज रोपण भएको स्मरण गर्दै उनले अहिले पनि त्यही समय आएको बताए। उनले आफू र आफ्नो अहमबाट माथि उठ्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे।

संसद्मा पनि गुट चलाउने खेलमा प्रधानमन्त्री ओली

ओलीले सकेसम्म आफ्नै नेतृत्वको सरकारको निरन्तरता दिने प्रयास गरिरहेकाले संसद् रहुन्जेल त्यसलाई आफ्नो पकडमा राख्न उनले गुटको राजनीति सुरु गरिरहेका छन्। फागुन २३ गते सर्वोच्चको फैसलापछि पूर्ववत् अवस्थामा फर्केको एमालेले संसद्भित्र नेपाल समूहलाई तह लगाउनेगरी खेल सुरु गरेको छ भने माओवादी केन्द्रलाई पनि पाखा लगाउने खेल भइरहेको छ।

प्रतिपक्षीद्वारा संसद्मा प्रधानमन्त्रीको आलोचना

प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसद गगनकुमार थापाले सरकारले राम्रा काम र नराम्रा काम गरेको विषयमा संसद्मा बहस गर्न प्रधानमन्त्रीलाई चुनौती दिएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारले विगतमा प्रस्तुत गरेका योजनाका पुस्तक देखाउँदै सांसद थापाले बाहिर–बाहिर भाषण गरेको कुरालाई प्रमाणित गर्न संसद्मा आएर बहस गर्न प्रधानमन्त्रीलाई आग्रह गरे।

स्वार्थको द्वन्द्वमा संसद्

प्रतिनिधिसभा बैठकलाई प्रभावकारी बनाउन सरकारको भूमिका महत्वपूर्ण हुन्छ। तर प्रधानमन्त्री ओली पुनस्र्थापित प्रतिनिधिसभाको औचित्य नभएको देखाउन बिजेनसविहीन बनाउन चाहन्छन्। उनी प्रतिनिधिसभामा विवादित विधेयक ल्याएर बैठक चल्न नदिने खेलमा लागेको स्रोत बताउँछ।

संसद्को एक महिना: प्रतिपक्ष आलोचनात्मक, सत्तापक्ष रक्षात्मक

संसद्मा बोल्दै कांग्रेस सांसद भीमसेनदास प्रधानले सरकारले गरेका कामप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले अब राजीनामा दिनुपर्ने बताएका थिए। कांग्रेस सांसद डिला संग्रौलाले पनि प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्न नसकेकोलगायत आरोप लगाउँदै राजीनामा माग गरिन्।

संसद्को अङ्क गणित परिवर्तन गर्न ताजा जनादेशमा जानुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय अङ्क गणितले राष्ट्रिय आवश्यकताको सधैँ प्रतिनिधित्व नगर्ने भएकाले परिवर्तन गर्नुपर्ने बताए। प्रधानमन्त्री निवास बालुवाटारमा आज १६५ सडकको एकैसाथ शुभारम्भ गर्दै उनले देशको आवश्यकता र संसद्को गणित फरक परेको भन्दै संसदीय अङ्क गणित देश र जनताको विकासको आवश्यकताका लागि ताजा जनादेशमा जानुपर्ने बताए।

सरकारले संसद्लाई कहिलेसम्म 'बिजनेस'विहीन बनाउने ?

पुनःस्थापित संसद्लाई सरकारले कहिलेसम्म ‘बिजनेस’विहीन बनाउने हो भनी सांसदहरुले प्रश्न गरेका छन्। उनीहरुले संसद्लाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन सरकार समक्ष माग गरेका छन्।

चिसिँदै सरकार–संसद् सम्बन्ध

सरकारले संसद्को सहमतिबिना नयाँ कानुन बनाउन वा नयाँ कर उठाउन सक्दैन भन्ने संसदीय प्रणालीको मान्यता भए पनि संसद्को अधिवेशन अन्त्य गर्दै अध्यादेश ल्याउने प्रवृत्ति देखिँदै आएको छ।

'एमसीसी पारित गर्ने सर्तमा भारतको संलग्नतामा संसद् पुनःस्थापना गरिएको भन्ने सुनिन्छ'

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद् प्रेम सुवालले भारतको स्वार्थ र एमसीसी पारित गर्ने सर्तमा प्रतिनिधिसभा पुनःस्थापना गरिएको भन्ने सुनिएकाे बताएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद् सुवालले कालापानी लगायतका भूमिमा नेपालले कहिल्यै दाबी नगर्ने र एमसीसी पारित गर्ने सर्तमा प्रतिनिधिसभा पुनःस्थापना भएको भन्ने अनुमान गरिएको बताए।

सर्वोच्चको आदेशपछि संसद् अनिर्णयको बन्दी बन्यो : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान संसद् अनिर्णयको बन्दी बनेको बताएका छन्। प्रेस युनियन खोटाङले शनिबार त्रि–धार्मिकस्थल हलेसी परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरे पनि हालसम्म संसद् चल्न नसक्दा अनिर्णयको बन्दी बन्न पुगेको बताएका हुन्।

साढे पाँच अर्ब लागतमा बन्दै छ संघीय संसद् भवन

२०६२/६३ सालपछि मुलुकको राजनीतिमा धेरै उथलपुथल भयो। बहुदलीय व्यवस्थाबाट मुलुक लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुगेको छ। तर, दुर्भाग्य, मुलुकको राजनीतिक घटनाक्रम तीव्र गतिमा परिवर्तन भए पनि १२ वर्षसम्मको अवधिमा भने नेपालको विधायिकी अंग अर्थात प्रतिनिधिसभा तथा राष्ट्रियसभा अझै पनि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडाकै भवनमा काम चल्दै आइरहेको छ। तर, अबको दुई वर्षभित्रै संघीय संसद्को झकिझकाउ तथा आफ्नै स्वामित्वको भवन तयार हुँदैछ।

संसद् पुनर्स्थापना, सत्ता समीकरण र वर्ग अन्तरविरोध

करिब ७० वर्षदेखि अहिलेसम्म राजनीतिक स्थिरता भएको कुनै पनि सरकार ५ वर्ष टिक्न सकेन। यही राजनीतिक अस्थिरता चिर्न स्थायी सरकार बनाएर देशमा सुशासन, समृद्धि र समाजवादी नेपाल निर्माण गर्न एमाले माओवादी केन्द्रको नेकपाको वामपन्थी एकताको सरकार स्थापना भएको थियो।

संसद् अवरोध हुने संकेत

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो दललाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गर्ने व्यवहारका आधारमा सदन चल्न दिने/नदिने भन्नेबारे छलफल गरिरहेको छ। सो समूहले सभामुख सापकोटाले बैठकमा पुष्पकमल दाहाललाई दलको नेताका रूपमा बोलाए त्यो वैधानिक बाटो नहुने भन्दै सदन अवरोधको तयारी गरिरहेको जनाइएको छ।

आज संसद् अधिवेशन

प्रतिनिधिसभाको हिउँदे अधिवेशन आइतबार (आज) सुरु हुँदैछ। गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभा फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाबाट पुनस्र्थापना भएपछि बैठक आइतबारबाट सुरु हुन लागेको हो। सभामुख अग्निप्रसाद सापकोटाले बैठकका अजेन्डा तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक भने बोलाएका छैनन्। बैठक बस्नुअघि सो बैठक बोलाउने/नबोलाउने भन्ने निश्चित नभएको सभामुखको सचिवालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्