coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसद्को एक महिना: प्रतिपक्ष आलोचनात्मक, सत्तापक्ष रक्षात्मक

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रतिपक्षले सरकारको आलोचना गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको छ भने सत्तापक्षले समर्थन फिर्ता नलिएसम्म राजीनामा नदिने अडान लिएको छ। संसद्मा बोल्दै कांग्रेस सांसद भीमसेनदास प्रधानले सरकारले गरेका कामप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले अब राजीनामा दिनुपर्ने बताएका थिए।

 कांग्रेस सांसद डिला संग्रौलाले पनि प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्न नसकेकोलगायत आरोप लगाउँदै राजीनामा माग गरिन्। सांसद देवेन्द्रराज कँडेलले सर्वोच्चको फागुन २३ गतेको फैसलापछि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने बताए। सरकारको समर्थन गर्दै सत्तापक्ष एमालेका सांसद गोकुल बाँस्कोटाले अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता नलिने र उल्टै राजीनामा दिनुपर्ने माग गर्नु उचित नभएको बताए। सरकारले के नराम्रो काम गर्‍यो भनी समीक्षा गर्नुपर्ने पनि उनले बताए। 

हलो अडकाएर गोरु चुट्ने काम भएको भन्दै उनले समर्थन फिर्ता लिनासाथ विश्वासको मत लिने बताए। उनले अब ताजा जनादेशमा जानुको विकल्प नभएकोसमेत बताए। ‘ताजा जनादेशसँग डराउने हो भने कस्तो लोकतन्त्र चाहिएको छ, बहस गरौं,’ उनले भने। एमालेका सांसद पदम गिरीले पनि सरकारले गरेका कामले मुलुक विकासको गतिमा निकै अघि बढेको बताए। मेलम्चीको पानी काठमाडौंमा आइपुगेको, हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा पुगेको, प्रधानमन्त्रीले १ सय ६५ ठाउँको सडकको शिलान्यास गरेको कुराले मुलुक विकासमा निकै फड्को मारेको अनुभूति भएको बताए।  

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले नभई संसद्ले सहयोग नगरेको बताए। ‘एमसिसिलगायत अन्तर्राष्ट्रिय सन्धिीहरू सदनले किन बढाइरहेको छैन, जवाफ दिनुपर्दछ,’ उनले भने। संसद्मा रहेका ३६ विधेयक र संसद्मा आएका अध्यादेशलाई अघि नबढाइकन संसद्को एक महिना बितेको छ। संसद्मा रहेका विधेयकलाई कार्यसूचीमा राख्न नसक्दा संसद् बिजनेसविहीन अवस्थामा पुगेको छ।

प्रकाशित: २४ चैत्र २०७७ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App