११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेकपा विवादः एकअर्कालाई सिध्याउने रणनीतिमा दुवै समूह

संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपा दाहाल–नेपाल समूह र ओली समूहले एकअर्कालाई असफल बनाउन नयाँनयाँ रणनीति अघि सार्दै आएका छन्। दाहाल–नेपाल समूहले संसद् बैठकमा विपक्षीको सिटमा बसेर सरकारको विरोध गर्ने, प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसदीय दल वा संसद्मा ल्याउने, ओलीलाई हटाएर ओली समूहबाटै प्रधानमन्त्री बनाउने, कांग्रेसको नेतृत्वमा सरकार बनाउने रणनीति बनाएको छ।

संसद् छलेर अध्यादेश ल्याउँदै प्रदेश सरकार

कर्णाली प्रदेश सरकारले संसद् छलेर दुईवटा अध्यादेश ल्याउने तयारी गरेको छ। जसका लागि मन्त्रिपरिषद्को बैठकले दुईवटा अध्यादेश स्वीकृतिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन (पहिलो संशोधन) २०७७ र प्रदेश लोक सेवा आयोग (दोस्रो संशोधन) अध्यादेश २०७७ जारी गर्ने तयारी गरेको हो।

नेकपा विवादले संसद् व्यवस्थापन कठिन

नेकपा विवादले संसद्का कामकारबाही सरल तरिकाले अघि बढ्न नसक्ने भएपछि संसद् सचिवालयलाई दल व्यवस्थापनमा कठिनाइ हुने भएको छ। संसद् विघटनअघि र पुनःस्थापनापछिको संसद् बैठकमा उही राजनीतिक दल भए पनि नेकपाभित्रको विचलनले अप्ठेरो अवस्था आउने संकेत देखिएपछि यतिबेला संसद् सचिवालय निकै सकसमा परेको छ।

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी हुन्।

खेल संसदभित्र कि बाहिर ?

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक करार गरेयताका दिन राजनीतिक नेतृत्वको सुझबुझको परीक्षा भइरहेको छ । प्रतिनिधिसभा ब्युँतिएको छ । राजनीति अब संसद्भित्र प्रवेश गरेको छ ।

राजीनामा नदिने अडानले संकट थप गहिरिने

संसद् अधिवेशन सुरु हुनुअघि ओलीले राजीनामा नदिए बैठकमा यो विषय सशक्त रूपमा उठ्नेछ । राजीनामाको विषयले संसद् बैठक नै अवरुद्ध हुने अवस्था आउन सक्ने देखिन थालेको छ ।

नेकपाको दुबै पक्षले कांग्रेसको साथ खोजिरहेको छ, कांग्रेसले संसदबाटै उचित निर्णय लिन्छः निधि

“अदालतले संसद् पुनःस्थापना गरिदिएपछि नेकपाका दुवै पक्षले सरकार बनाउन कांग्रेसको साथ, सहयोग खोजिरहेको छ, कांग्रेसले संसद्बाटै उचित निर्णय लिन्छ”, उनले भने। उनले विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र महेन्द्रनारायणका नाममा स्थापना भएका अस्पताललाई जोडेर विश्वविद्यालय निर्माण गर्न सुझावसमेत दिए।

'अब लोकतन्त्र रहेसम्म कसैले पनि पाँच वर्षसम्म संसद् भङ्ग गर्न सक्दैन'

पूर्वराष्ट्रपति डा. यादवले भने, “संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाले संविधान मजबुत बनाएको छ। अब लोकतन्त्र रहेसम्म कसैले पनि पाँच वर्षसम्म संसद् भङ्ग गर्न सक्दैन। म संविधानलाई बचाउने अदालतलाई धन्यवाद तथा फैसलाको लागि सम्मान गर्न चाहन्छु।”

विचार मिल्ने भएपछि ओली समूहमा आएँ : शेरबहादुर तामाङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता शेरबहादुर तामाङले आफू भावनात्मक रुपमा प्रचण्ड–नेपाल समूहसँग निकट भएपनि वैचारिक रुपमा केपी ओलीसँग नजिक रहेको बताएका छन्।

संसद् पुनर्स्थापनाः प्रचण्ड-नेपाल समूहले विजय जुलुस निकाल्दै

संसद् पुनर्स्थापनाको खुसी मनाउन नेकपा प्रचण्ड-नेपाल समूहले आज (बुधवार) राजधानीमा विजय जुलुस निकाल्ने भएको छ। आज दिउँसो १२ बजे काठमाडौंको शान्ति बाटिकामा विजय जुलुस निकाल्ने नेता विष्णु रिजालले जानकारी दिएका छन्।

सामाजिक सञ्जालमा अदालतको वाहवाही

सर्वाेच्च अदालतले संसद् पुनःस्थापनाको निर्णय गरेपछि सामाजिक सञ्जालमा अदालतको वाहवाही भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो ट्विटरमा भनेका छन्, ‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ।

संविधान ‘ट्र्याक’मा ल्याएर निर्वाचन गर्नु उपयुक्तः नेता रिजाल

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रतिनिधिसभा विघटनपछि डिरेल भएको संविधानलाई पुनःस्थापनामार्फत सही बाटोमा ल्याएर निर्वाचनमा जानुपर्ने बताएका छन् । नेता रिजालले पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तासँग सोमबार राजधानीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा संसद् पुनःस्थापना गरेर संविधान ‘ट्र्याक’मा ल्याएर निर्वाचन गर्नु उपयुक्त हुने धारणा राखेका हुन् ।

संसद् पुनर्स्थापना भए तमासा सुरु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापना भए देशमा तमासा सुरु हुने बताएका छन्। कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले सोमबार भने, ‘विघटित संसद् पुनर्स्थापना भए देशमा तमासा सुरु हुनेछ।

संसद् पुनःस्थापनाको विकल्प छैन : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद् पुनःस्थापनाको विकल्प नरहेको बताएका छन्।

‘विघटनको पक्षमा फैसला नआए आन्दोलन’

प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर सभाबाट तीनवटा सन्देश दिएका छन्। सर्वोच्च अदालतबाट संसद् विघटनको पक्षमा फैसला नआए आफूहरू आन्दोलनमा अघि बढ्ने, पूर्वएमालेहरू एक ठाउँमा हुने र अर्को समूहमा रहेकालाई आफूतिर आकर्षित गर्ने तथा भूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई वार्तामा ल्याएर सरकारमा सहभागी गराउने उनले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्