६ आश्विन २०८१ आइतबार
image/svg+xml

इन्जिनमा समस्या आएपछि उडेको ७ मिनेटमै समिटको जहाज अवतरण

इन्जिनमा समस्या आएको भन्दै पोखरा विमानस्थलबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाज उडेको ७ मिनेटमै अवतरण गरिएको छ।

मेघौली विमानस्थलको स्तरोन्नती गर्न ‘टोपोग्राफी सर्भे’ सुरु

आज (शनिबार) मेघौली पुगेरै पूर्वप्रधानमन्त्री, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ड्रोन उडाएर टोपोग्राफी सर्भेको सुरुवात गरे । अध्यक्ष प्रचण्डले अब मेघौली विमानस्थल छिट्टै स्तरोन्नती भएर विमान सञ्चालनमा आउने बताएका छन्।

वर्षासँगै हुस्सु लाग्दा पोखरा विमानस्थल खुल्न सकेन

बिहानैदेखिको वर्षाका कारण पोखरा विमानस्थल अझै खुलेको छैन। बिहान सवा ६ बजे नै खुल्नुपर्ने विमानस्थल वर्षाका कारण हुस्सु लाग्दा भिजिविलिटी नपुगेर खुल्न नसकेको हो। दिउँसो सबा २ बजेसम्म पनि विमानस्थल नखुलेपछि केही उडान भने रद्द भएका छन्।

गौतमबुद्ध विमानस्थलबाट जजीरा एयरवेजले दैनिक उडान सञ्चालन गर्ने

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साताको तीन उडान गरिरहेको जजीराले आगामी भदौ ३१ (१६ सेप्टेम्बर) देखि सातै दिन उडान गर्न लागेको छ।

भैरहवा विमानस्थलमा हिमालय एयरको परीक्षण उडान

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले जजिरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। गएको जेठ २ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु भएको थियो। उक्त विमानस्थलमा जजिरा एयरले हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीन दिन उडान गर्दै आएको बताइएको छ।

ओली गुटले नागरिकता विधेयक विरोध गर्नु राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न खोज्नु होः प्रचण्ड

‘राजनीतिक स्थायित्व र विकासको सपना देखेर हामीले नेकपा बनाएका थियौँ। केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो, उनले भने, ‘तर दुर्भाग्य, जे सपना देखेर गरेका हौँ। त्यो सपना चकनाचुर भयो।’

‘भूकम्प जाँदा उद्धारमा खटिएको बिर्सन मिल्दैन’

पछिल्लोपटक २०७२ सालको भूकम्पको बेला उद्धार र राहत पुर्‍याउने काममा पोखरा विमानस्थल निकै उपयोगमा आएको थियो।

अब विदेशी नागरिक नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी नागरिक नेपाल अवतरण गरी यहाँबाट जुनसुकै तेस्रो गन्तव्यमा जान पाउने गरी उक्त प्रतिबन्ध हटाएको हो।

अढाई महिनापछि सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्सले भर्‍यो उडान

सुकेटार विमानस्थलमा गत जेठ १५ गतेपछि उडान हुन सकेको थिएन। उडान भर्नका लागि यात्रुहरुले टिकट बुकिङ गरेपनि मौसम सहितका कारण देखाएर जहाज आउन आएका थिएनन्।

दुबई विमानस्थलको विशेष योजना

अन्तर्राष्ट्रिय उडान हुँदा धेरैजसो ट्रान्जिट हुने गरेको दुबई अन्तर्राष्ट्रिय विमानस्थलले विश्वकपका लागि कतार जाने यात्रुका लागि सहजीकरण गर्ने भएको छ।

फेवातालमाथिबाट जहाजलाई ‘लेफ्ट टर्न’ गर्न सके प्याराग्लाइडिङ जोगिन सक्ने

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिलेसम्मको फ्लाइट प्रोस्युडर डिजाइनमा विमानस्थलमा पूर्वबाट अवतरण गर्ने जहाजले ‘एप्रोच’ गर्न नसकेमा वा पश्चिम हुँदै उडान हुँदाको अवस्थामा फेवातालमाथिको आकाशमा पुगेपछि जहाजले सराङकोटलाई बायाँ पार्दै दायाँ मोडिनेगरि डिजाइन गरिएको थियो। त्यसले गर्दा सराङकोटको आकाशको प्याराग्लाइडिङ हट्नैपर्ने बाध्यकारी हुन्थ्यो। तर, पोखरेली व्यवसायीको ब्यापक गुनासोपछि जहाजले सराङकोटलाई दायाँ छाडेर बायाँतर्फ मोडेर फ्लाइट प्रोस्युडर डिजाइन बनाउन सकिनेबारे अध्ययन भईरहेको छ।

पोखरा विमानस्थलको आम्दानी अहिलेसम्मकै बढी ११ करोड ५९ लाख

कोरोना संक्रमण सुस्ताएको मौका पारेर आन्तरिक पर्यटकको आउजाउ यतिसम्म बढ्यो की हवाई यात्रामा पनि उत्तिकै भीडभाड थपियो। पर्यटकीय सहर पोखराको विमानस्थल आन्तरिक पाहुनाका कारण अधिकांश दिन व्यस्त बन्यो, त्यस्तै हवाई उडान पनि थपिए। त्यसकै परिणाम स्वरुप पोखराको चालु विमानस्थल अहिलेसम्मकै बढी आम्दानी गर्न सफल पनि भयो।

प्याराग्लाइडिङलाई त हट्न भनियो, तर हेलिकप्टर, अल्ट्रालाइट र जाइरोकप्टर कहाँ जाने?

हवाई क्षेत्रको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनवरी एक अघि नै पोखराको आकाश खालि गर्न प्याराग्लाइडिङलाई भनिरहँदा पोखराको चालु विमानस्थलबाट सेवा दिईरहेका अल्ट्रालाइट, हेलिकप्टर, जाइरोकप्टर लगायतका पर्यटकीय प्रडक्टलाई कसरी व्यवस्थापन गर्ने भन्ने अझै निर्णय भएको छैन।

पोखरा विमानस्थलः भूकम्प जाँदा उद्धारमा खटिएको बिर्सन मिल्दैन

२०७२ को भूकम्पको बेला उद्धार र राहत पुर्‍याउने काममा पोखराको चालु विमानस्थल निकै नै उपयोगमा आएको थियो। अरुबेला नियमित हवाई सेवा दिईरहेको यो विमानस्थलले भूकम्पको बेलामा पनि राहत र उद्धारमा उत्तिकै साथ दियो।

पोखराको प्याराग्लाइडिङलाई कायमै राख्न उपाय खोज्छौँ: मन्त्री श्रेष्ठ

'पोखराको ब्राण्ड बनिसकेकाले पर्यटन व्यवसायीले प्याराग्लाइडिङको संरक्षणको माग गर्नुभएको छ। विमानको सुरक्षामा कुनै सम्झौता गर्नु हुँदैन। सुरक्षामा असर नपर्ने गरी प्याराग्लाइडिङ व्यवसाय कुनै उपाय हुँदासम्म कायम गर्नुपर्दछ भनेर लागि परेका छौँ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्