८ वैशाख २०८१ शनिबार
अर्थ

अढाई महिनापछि सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्सले भर्‍यो उडान

गत जेठ १५ गतेबाट उडान हुन नसकेको ताप्लेजुङको सुकेटार विमानस्थलमा शुक्रबार नेपाल एयरलाइन्सको जहाजले उडान भरेको छ। काठमाडौँबाट ७ जना यात्रु लिएर आएको र ताप्लेजुङबाट ५ जना पठाइएको नेपाल एयरलाइन्स ताप्लेजुङ स्टेशन प्रवन्धक लोकेन्द्र हाङगाम लिम्बूले जानकारी दिए।

उनका अनुसार सोमबार, बुधबार र शुक्रबार गरी अब सातामा ३ पटक उडान कार्यतालिका बनेको छ। यात्रुको चापलाई मध्यनजर गर्दै केही समयपछि शनिबार पनि उडान थप्ने तयारी भइरहेको उनले जानकारी दिए। ताप्लेजुङबाट काठमाडौँसम्मका लागि ९ हजार २ सय रुपैँया भाडादर कायम गरिएको उनले बताए।

सुकेटार विमानस्थलमा गत जेठ १५ गतेपछि उडान हुन सकेको थिएन। उडान भर्नका लागि यात्रुहरुले टिकट बुकिङ गरेपनि मौसमसहितका कारण देखाएर जहाज आउन आएका थिएनन्। यसअघि सीता एअरले प्रत्येक साताको सोमबार र शुक्रबार उडान भर्दै आएकोमा जेठ १५ अघिबाट बन्द भएको उडान फेरी कहिलेदेखि सञ्चाल गर्ने भन्नबारे एकीन नभएको सीता एअरको ताप्लेजुङस्थित सम्पर्क व्यक्ति श्रीप्रसाद खड्काले बताए।

प्रकाशित: ३ भाद्र २०७९ ०३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App