१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

चट्याङबाट दुईको मृत्यु, सात घाइते

दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गए राति परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन्।

निर्माणाधिन पुलको फर्मा भाचिँदा तीन जना घाइते

पालुङटार नगरपालिका र तनहुँको तुरतुरे जोड्ने गरी निर्माण भईरहेको पुलमा फर्मा भाचिँदा तीन जना घाइते भएका छन्। गौरी पार्वती निर्माण सेवाले ठेक्का लिएको उक्त पुलमा ढलान गर्न जोडिँदै गरिएको फलामे पाता (स्ल्याब) र फलामे पोलको टेका चुटिंदा काम गरिरहेका बर्दिया घर भई पुल निर्माणमा काम गर्दै आएका सुनिल थारु, राजु थारु, संन्दिप थारु घाइते भएका हुन्।

करोड लगानीमा कालिज फर्म

सुर्खेतको वीरेन्द्रनगरका डिकेन्द्र ढकाल, सन्दीप ढकाल र गणेश पौडेल सरकारी जागिरे हुन्। डिकेन्द्र भेरीगंगा नगरपालिका र सन्दीप गुर्भाकोट नगरपालिकाका अमिन हुन्। गणेश मेहलकुना अस्पतालका खरिदार हुन्। उनीहरुको परिचय सरकारी जागिरेमै सीमित छैन। तीनै जना मिलेर कर्णाली प्रदेशमै पहिलो पटक व्यवसायिक कालिज फार्म सुरु गरेका छन्।

कसले किन्ने पर्फर्मेन्स आर्ट ?

कलाकार पृथ्वी श्रेष्ठ विभिन्न पत्रपत्रिकाले अनुहार छोपेर एकोहोरो आफ्नो विचार व्यक्त गरिरहेका छन्। उनले विभिन्न कथाहरु सुनाउन सक्रिय छन्। काठमाडौं अन्तर्राष्ट्रिय पर्फर्मेन्स आर्ट महोत्सवअन्तर्गत सोमबार बौद्धस्थित तारागाउँ म्युजियममा उनले ‘होल्डिङ स्टोरी’ नामक पर्फर्मेन्स आर्टमा पत्रपत्रिकाको विभिन्न समाचारलाई आधार बनाएर अनुभूति प्रस्तुत गरे।

कुखुरा फर्ममा आगलागी हुँदा लाखौंको क्षति

गौशाला नगरपालिका ६ फुलकाहास्थित कुखुरा फर्ममा आगलागि भएको छ। उक्त आगलागीबाट लाखौंको क्षति भएको प्रहरीले जनाएको छ।

८४ वटा व्यवसायिक फर्ममा अनुगमन गरेर सरकारले के-के गर्‍यो ?

सरकारले चालु आर्थिक वर्षको एक महिनामा नै ८४ वटा व्यवसायिक फर्महरुको अनुगमन गरेको दावी गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहिबार पत्रकार सम्मेलन गरी साउन महिनामा मात्रै ८४ वटा व्यवसायीक फर्महरुको अनुगमन गरेको जानकारी दिएको हो।

जेठ १६ देखि व्यावसायिक उत्पादन

माथिल्लो त्रिशूली थ्री एले आगामी जेठ १६ गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ। पहिलो चरणमा पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाले जनाएको छ।

कथा: जुगनको सपना

ग्राहकका दारी, कपाल बनाइदिने नाइको दारी झुप्प थियो। फुलिसकेको कपाल, दारी। धामीको घरमा विरामी झै लाग्यो। पानी छिक्र्यो मेरो कपालमा नाइले। घांटी अलि निहुराई दियो।

नेपालमा उपलब्ध हुने २९ प्रतिशत औषधि फर्माकोपिया भएकै छैनन्

नेपालमा उपलब्ध हुने औषधिमध्ये २९ प्रतिशत औषधि कुनै पनि देशको फर्माकोपियामा  आधारित नरहेको देखिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले यस्तो देखाएको हो। औषधि व्यवस्थापन विभागका अनुसार नेपालमा दर्ता भएका १ सय २७ स्वदेशी उत्पादकले विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास प्रमाणित नभएको देखाएको छ ।

दुई चिनियाँ फर्ममाथि प्रतिबन्ध लगाउने अमेरिकी घोषणा

संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्य यथावत रहेको देखिएको छ।

‘लगानी भित्र्याउन सरकारको तयारी देखिएन’

वीरगन्ज उद्योग वाणिज्य संघको हालै सम्पन्न ४३औं साधारणसभाबाट निर्वाचित अध्यक्ष हुन् गोपाल केडिया। ५८ वर्षीय उद्योगी केडियाले लायन्स क्लब, जेसिस र मारवाडी युवा समाज लगायत संस्थामा क्रियाशील रहेर समाजिक छवीसमेत बनाइसकेका छन्।

देउराली–जनता उदारणीय कम्पनी हो

मेरो चाहना नै उद्योग गर्ने थियो। मेरो स्टानफोर्ड विश्वविद्यालयका प्रोफेसरले औषधि उद्योगमा लाग्दा राम्रो हुन्छ भनेर सल्लाह दिनुभएको थियो। प्रविधियुक्त र भोलिका दिनमा केही गर्न सकिनेखालको उद्योगमा लाग्नुपर्छ भन्ने सुझाव पाएको थिएँ। म पनि अन्डरग्राजुएट मेडिकल साइन्स भएकाले यसमा ज्ञान पनि थियो।

‘उज्यालो नगर’ बनाउने तयारी

सोलु दूधकुण्ड नगरपालिकाले ‘उज्यालो नगर’ निर्माणको तयारी थालेको छ। विद्युत् नपुगेका स्थानमा विद्युतीकरण गर्ने र लोडसेडिङ हटाउन्दै जानेगरी गाउँपालिकाले योजना बनाइरहेको छ। नगर क्षेत्रमा विद्युत् वितरण गर्दै आएको सल्लेरी च्याल्सा विद्युत् कम्पनी र निर्माणको अन्तिम चरणमा पुगेको अप्पर सोलु लजविद्युत्को ट्रान्सफर्मरबाट ११ केभी प्रसारण जोड्नेगरी अवधारणा अघि सारिएको छ।

दश करोडको बहुउद्देशीय कृषि फार्म

वीरगन्ज महानगरपालिका–१० बस्ने युवा उद्यमी तारा प्रसादले महानगरकै रामगढवामा सञ्चालनमा ल्याएको पशुपालन व्यवसाय अब १० करोड रुपैयाँ लागतको बहुउद्देशीय कृषि फर्म बनेको छ। फर्मले एउटै हातामा पशुपालनबाट दूध उत्पादन, जैविक मल उत्पादन र तरकारी उत्पादन गर्ने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्