७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द

चितवनको भरतपुर महानगरपालिकास्थित १३२/११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ। सबस्टेसनमा समस्या आएपछि त्यहाँबाट विद्युत् आपूर्ति भएको क्षेत्रमा मंगलबार दिउँसोबाट विद्युत् बन्द भएको हो।

प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्रअन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको हो।

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले ट्रान्सफर्मर बदली भइरहेको र छिट्टोभन्दा छिट्टो विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको बताए। उनले रातभरि मर्मतको काम गरिने उल्लेख गरे।

प्रकाशित: १६ कार्तिक २०७८ १४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App