२५ असार २०८१ मंगलबार
image/svg+xml

मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल

पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा ३३/११ केभी क्षमताको सबस्टेशनको परीक्षण गरिएको हो।

विद्युत् आपूर्ति भरपर्दाे बनाइने

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले फागुनभित्र निर्माण सम्पन्न नभए विद्युत् उपलब्ध भएर पनि आपूर्ति दिन नसकी बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै ठेकेदार कम्पनीलाई कारबाहीको चेतावनी दिएका छन् ।

चाडपर्वमा बिजुली आपूर्ति नियमित गराउन मन्त्रीको निर्देशन

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसैं, तिहार,नेपाल संवत्, छठ जस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्तिको प्रबन्ध गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।

तनहुँको सराङघाट सबस्टेसन सञ्चालनमा

तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ मा ३३/११ केभीको सराङघाट सबस्टेसन निर्माण सम्पन्न भएको छ।

तराई-मधेशमा चार हजार मेगावाट विद्युत् खपत गर्ने प्रसारण सञ्जाल बनाइँदै

नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत बढाउन तराई-मधेशका जिल्लामा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ।

चुहावट नियन्त्रण गर्न बुटवल–लुम्बिनीमा प्रसारण लाइन

रूपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धिदर प्राविधिक चुहावट नियन्त्रणका लागि निर्माण गरिएको योगीकुटी (बुटवल) बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ।

मुगुको रारा क्षेत्रमा पुग्यो बिजुली

नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशको मुगुस्थित रारा ताल क्षेत्रमा विद्युत् आपूर्ति सुरु गरेको छ। यो समुन्द्र सतहदेखि २९९० मिटर उचाइमा अवस्थित छ।

औद्योगिक लोडसेडिङले उद्योगी व्यवसायी थला पर्ने अवस्थामा: महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रमा दैनिक १२ देखि १६ घण्टाको लोडसेडिङ हुँदा उद्योगी व्यवसायी थला पर्ने अवस्थामा पुगेको जनाएको छ।

सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द

प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्रअन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको हो।

विद्युत् आपूर्ति नहुँदा नेपाली कागज उद्योग बन्द

नियमित विद्युत् आपूर्ती हुन्थ्यो भने यतिवेला पाण्डवखानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो। तर, गलकोट नगरपालिका–१० पाण्डवखानीमा रहेको घुम्टे हाते कागज उद्योग पछिल्लो ७ महिनादेखि बन्द छ। केन्द्रीय विद्युत्को पहुँच नपुगेको पाण्डवखानीमा स्थानीय लघु जलविद्युत्को उत्पादन विस्तारै घट्दै गएपछि गत वर्षको माघदेखि यता उद्योग सञ्चालन गर्न नसकिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्