१० मंसिर २०८१ सोमबार
image/svg+xml

बुढानीलकण्ठ सवारी दुर्घटना: पृथ्वी मल्ललाई चार वर्ष कैद

उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको फैसला बदर गर्दै बुढानीलकण्ठ सवारी दुर्घटनाका दोषी पृथ्वी मल्ललाई चार वर्ष कैद सजाय र ४० हजार रूपैयाँ जरिवाना ठहर गरेको छ।

हत्कडीसहित फरार रहेका बुढा पक्राउ

हत्कडीसहित फरार रहेका बलात्कार आरोपी पलाँता गाउँपालिका–६ सैनका शंक बुढा पक्राउ परेका छन्। उनलाई आइतबार विहान पलाँता–७ को दुर्सी खोलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो।

मिटरब्याज अब ‘अनुचित लेनदेन’ सम्बन्धी अपराध

सरकारले मिटरब्याज समस्यालाई ‘अनुचित लेनदेन’ सम्बन्धी अपराधका रूपमा परिभाषित गरेर कानुन बनाउने तयारी गरेको छ।

निर्दाेष बालक कैदी जीवन बिताउँछन्

कुनै पनि कसुर नगरी बालकले पनि कैदी जीवन बिताइरहेका छन् भन्ने कुरा जिल्ला कारागार कालिकोटबाट थाहा पाउन सकिन्छ।

जलेश्वर कारागारका कैदी अस्पतालबाट फरार

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार जलेश्वर कारागारका कैदी जिल्ला कै लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी बस्ने २३ वर्षीय कृष्ण यादव जनकपुरस्थित आर्य अस्पतालबाट फरार भएका छन्।

इलाम कारागारबाट कैदी फरार

कैदी–बन्दीले कारागारभित्रै तास खेलेको र मदिरा पिएको भिडियो बाहिरिएको महिना दिन नबित्दै इलाम कारागारबाट १ कैदी फरार भएका छन्।

ताप्लेजुङ कारागारमा क्षमताभन्दा छ गुना बढी कैदीबन्दी

जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुना बढी कैदीबन्दी बस्न बाध्य छन्।

कैदीबन्दी बिरामीलाई न उपचार न पोषण

केन्द्रीय कारागारका एक हजार दुई कैदीबन्दीले अहिले चिकित्सकको निगरानीमा नियमित औषधि सेवन गर्छन्। सात सय ग्राम मोटा चामल र ६० रुपैयाँले छाक टार्नुपर्ने अवस्थामा कैदीबन्दी छन्। बिरामीले भने सामान्य कैदीबन्दीले भन्दा १० प्रतिशत बढी रुपैयाँ पाउँछन्। यसले पोषणयुक्त खानेकुरा र सहज उपचारको प्रबन्ध गर्न कठिन छ।

डेढ महिना अघि फरार भएका कैदी पक्राउ

उपचारका क्रममा डेढ महिनाअघि अस्पतालबाट फरार भएका २ जना कैदीमध्ये एक जनालाई प्रहरीले झापाबाट बिहीबार पक्राउ गरेको छ।

उदयपुरका ६२ कैदीबन्दीले मतदान गर्न पाउने

आसन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावमा उदयपुरका ५ दर्जन बढी कैदीबन्दीेले मतदान गर्न पाउने भएका छन्।

मोरङमा एक कैदीको मृत्यु

मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेको मानबहादुर खपांगीको मृृत्यु भएको छ। तेह्रथुमको आठराई गाउँपालिका–४ घर भएका ५४ वर्षीय खपांगीको उपचारका क्रममा मंगलबार साँझा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको कारागारका निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए।

दुई फरार कैदीबन्दी फेला परेनन्

जबरजस्ती करणीमा कैद भुक्तान गर्दै गरेका र लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका २ जना फरार भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्