१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

आज एकैदिन १० संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा आज १० वटा समितिको बैठक बस्दैछ। बैठक आज बिहान ९ बजे, ११ बजे र १ बजे बस्नेछ। 

आज अर्थ समितिको बैठक बिहान ९ बजे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बिहान ९ बजे, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समिति बिहान ९ बजे, कानून, न्याय तथा मानव अधिकार समिति बिहान ९ बजे, राज्य व्यवस्था तथा सुशासन समिति बिहान ९ बजे, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बिहान ९ बजे, सार्वजनिक लेखा समिति बिहान ९ बजे, दिगो विकास तथा सुशासन समिति बिहान ११ बजे र विधायन व्यवस्थापन समिति दिनको १ बजे र राष्ट्रिय सरोकार तथा समन्वय समिति बिहान ११ बजेबाट शुरु हुनेछ।

समितिका सभापति चयन नभएसम्म बैठकको अध्यक्षता हाल समितिका ज्येष्ठ सदस्यले गर्नेछन् । समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले सदस्यहरूलाई स्वागत गर्ने, परिचय कार्यक्रम हुने र कार्यक्षेत्रबारे जानकारी गराइने कार्यसूची रहेको छ। 

प्रकाशित: २ जेष्ठ २०८० ०३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App