४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

डेढ महिना अघि फरार भएका कैदी पक्राउ

उपचारका क्रममा डेढ महिनाअघि अस्पतालबाट फरार भएका २ जना कैदीमध्ये एक जनालाई प्रहरीले झापाबाट बिहीबार पक्राउ गरेको छ।

विराटनगरको क्षयरोग उपचार केन्द्रबाट फरार भएका २ जना कैदीमध्ये १ जनालाई झापाको झापा गाउँपालिका–५ शरणामतिबाट पक्राउ गरिएको हो।  

असोज १५ गते झापा–५ का २८ वर्षीय राजकुमार हेमरन र झापा गाउँपालिका–३ का २८ वर्षीय मञ्जिल गुरुङ उपचार केन्द्रबाट फरार भएका थिए। उनीहरु दुवै जना झापा कारागारका कैदीबन्दी हुन्। दुवै जनामा क्षयरोग देखिएपछि उपचारका लागि मोरङ कारागारमा स्तान्तरण गर्दै क्षयरोग उपचार केन्द्रमा भर्ना भएका थिए।

राजकुमारलाई जबरजस्ती करणी मुद्दामा अदालतले २०७५ सालमा १६ वर्ष कैद सजायको फैसला सुनाएको थियो। उनी कैद सजाय भुक्तान गर्दै आएका थिए। अर्का मञ्जिललाई लागूऔषध मुद्दामा अदालतले २०७८ कात्तिक ५ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो।  

फरार भई डेढ महिनापछि पक्राउ परेका राजकुमार घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।  

लागुऔषध मुद्दा विचाराधीन रहेका मञ्जिल पनि राजकुमारसँगै फरार भएका थिए। लागुऔषध मुद्दामा अदालतले २०७८ कात्तिक ५ गते पुर्पक्षका लागि कारागार चलान गरेका थियो। फरार भएका मञ्जिलको खोजी कार्य तीव्र भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: २ मंसिर २०७९ १२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App