१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml

हात्तीको आक्रमणबाट एकको मृत्यु

सुनसरीको कोशी गाउँपालिका ४ मा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। आक्रमणमा परी ५५ वर्षीय रामेखङ्ग खत्वेको मृत्यु भएको छ हो।

बस पल्टिँदा एकको मृत्यु, एक दर्जन यात्रु घाइते

सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन्।

बर्दियामा बाघको आक्रमणबाट एकको मृत्यु

बाघको आक्रमणबाट एकको मृत्यु भएको छ। ठाकुरबाबानगरपालिका–६ मोतिपुर बस्ने ७० वर्षीय गोरे थापाको मृत्यु भएको हो। शनिबार थापा शिवपुरफाँटा सामुदायिक वनमा भैंसी गोठालो गएका थिए।

हात्तीको आक्रमणबाट एक जनाको निधन

गाउँमा आएको हात्ती धपाउने क्रममा आक्रमणमा परेर जिल्लाको बेलका नगरपालिका २ रामनगरका ४० वर्षीय कमल यादवको मृत्यु भएको हो।

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो।

यार्सा लिन लुकिछिपि पाटन पुगेका एक जनाको लेक लागेर मृत्यु

यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका–३ गज्र्याङ्कोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ।

हावाहुरीले रुख भाँचिदा एकको मृत्यु

चामुण्डाविन्द्रासैनी नगरपालिका ५ तलिगाउँमा हावाहुरीले रुखको हाँगा भाँचिदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६८ वर्षीया जौमती जैसी रहेकी छिन्। उनको घटनास्थलमै मृत्यु भएको हो।

एकै परिवारका नौ जनामा कोरोना, एकको मृत्यु

भारतमै कोरोना संक्रमित भई अघिल्लो साता ढाँटेर दैलेख आएका ३८ वर्षीय एक युवाको सिंगो परिवार नै संक्रमित भएको छ। अघिल्लो हप्ता ती युवाको दुल्लु अस्पतालबाट उपचारका लागि प्रदेश अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो। मृत्युपछि मात्र उनी भारतबाट कोरोना संक्रमित भएको पुष्टि भयो।

सिकार खेल्न गएका एकको मृत्यु, दुई पक्राउ

वैशाख ८ गते सोमबार केराबारी–३ का ३७ वर्षीय गजेन्द्र राई र सोही ठाउँका अर्का २६ वर्षीय रुबिन लिम्बू मिली तीन जना जंगलमा सिकार खेल्न गएको र मंगलबार हस्तबहादुर गोली लागी मृत अवस्थामा फेला परेको डिएसपी मुकारुङले जानकारी दिए।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

भक्तपुरबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ५३ प ६९३८ नं को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बाँयातर्फको रेलिङमा ठक्कर खाई दुर्घटना हुँंदा मोटरसाइकल पछाडि सवार काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका १० बस्ने बर्ष ३२ को महेश शाहको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारमा गए राति कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका–७ खप्तरी टोलमा एकको मृत्यु भएको छ। आइतबार मध्यराति घरमा सुतिरहेका मगरलाई हात्तीले आक्रमण गर्दा खप्तरी टोल बस्ने ८० वर्षीय वृद्ध पदमबहादुर खप्तरी मगरको मृत्यु भएको प्रहरीले जनाएको।

कोरोना संक्रमणबाट दार्चुलामा एकको मृत्यु

श्वास फेर्न गाह्रो भएर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका दुहु गाउँपालिका–२ का ३० वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ।

सर्पको टोकाइबाट एकको मृत्यु, एक घाइते

सप्तरीमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा राजविराज नगरपालिका– १६ बोरिया बस्ने पवन देवका १६ वर्षीय छोरा गोलु देव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

विराटनगरमा कोरोनाबाट थप एकको मृत्यु

प्रदेश १ को विराटनगरस्थित कोसी अस्पतालमा बिरामी भई भर्ना भएका विराटनगरका एक व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको छ। वराटनगर– ९ स्थित गुद्रीका ५८ वर्षीय पुरुषको कोसी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेर जाँच गर्ने क्रममा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्