२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

हात्तीको आक्रमणबाट एक जनाको निधन

गए राति हात्तीको आक्रमणमा परेर उदयपुरका एक स्थानीयको निधन भएको छ। गाउँमा आएको हात्ती धपाउने क्रममा आक्रमणमा परेर जिल्लाको बेलका नगरपालिका - २ रामनगरका ४० वर्षीय कमल यादवको मृत्यु भएको हो।  

राति १०ः३० बजेको समयमा गाउँबस्तीमा पसेको जंगली हात्तीलाई धपाउन खोज्दा आक्रमणमा परेर यादवको घट्नास्थलमै ज्यान गएको प्रहरी चौकी भागलपुरलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

हात्तीको आक्रमणमा परी यादवको १०ः४५ बजे निधन भएको थयो घट्नास्थलमा भागल प्रहरी चौकीका असईको कमाण्डमा खटेको टोली राति नै पठाइएको छ। घटनाबारे थप अनुसन्धान गर्न तथा मृतकको शव व्यवस्थापनका लागि इलाका प्रहरी कार्यालय रामपुरबाट पनि निरीक्षक कमाण्डको टोली बिहीबार विहान घटनास्थलतर्फ गएको जिल्लाले जनाएको छ।  

प्रकाशित: १७ असार २०७८ ०६:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App