३ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

एकै परिवारका नौ जनामा कोरोना, एकको मृत्यु

भारतमै कोरोना संक्रमित भई अघिल्लो साता ढाँटेर दैलेख आएका ३८ वर्षीय एक युवाको सिंगो परिवार नै संक्रमित भएको छ। अघिल्लो हप्ता ती युवाको दुल्लु अस्पतालबाट उपचारका लागि प्रदेश अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो। मृत्युपछि मात्र उनी भारतबाट कोरोना संक्रमित भएको पुष्टि भयो। 

दुल्लुनगरपालिका–२ घर भएका उनको परिवारसहित छिमेकीको कोरोना परीक्षण गरियो। उनको परिवार र छिमेकीमा गरिएको परीक्षणमा नौ जना संक्रमित भए। तीमध्ये आठजना परिवारभित्रै र एकजना छिमेकी रहेका छन्। कोरोनाबाट युवाका श्रीमती, १३ र १४ वर्षका छोरा, तीनजना हजुरबुवा, दुई काका र एक छिमेकीमा कोरोना संक्रमण देखिएको दुल्लु अस्पताललाई उद्धृत गर्दै दुल्लुनगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले बताए।  

परिवारका सदस्यसहित २५ जना छिमेकीमा कोरोना परीक्षण गरिएकोमा नौ जनामा कोरोना देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले बताए। ‘जिल्लामा भारतबाट आउनेहरूका कारण भित्रभित्र स्थित भयाभयक रहेको छु। निमित्त कार्यालय प्रमुख रेग्मीले भने, ‘परीक्षणका लागि आवश्यक किटको अभाव रहेको छ।’

प्रकाशित: १४ वैशाख २०७८ ०१:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App