coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिकार खेल्न गएका एकको मृत्यु, दुई पक्राउ

मोरङको केराबारीमा रहेको जंगलमा एक जना पुरुषको गोली लागी मृत्यु भएको छ। केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्तबहादुर राईको दाहिने कुममा गोली लागी सोही ठाउँको बाँसघारी खोप सरकारी राष्ट्रिय वन क्षेत्रमा मृत अवस्थामा राईको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले बताए।

डिएसपी मुकारङले भने, ‘घटनाको प्रारम्भिक अनुसन्धानबाट राईसहित अन्य दुई जना साथी पनि जंगलमा सिकार खेल्न गएको खुलेको छ।’ वैशाख ८ गते सोमबार केराबारी–३ का ३७ वर्षीय गजेन्द्र राई र सोही ठाउँका अर्का २६ वर्षीय रुबिन लिम्बू मिली तीन जना जंगलमा सिकार खेल्न गएको र मंगलबार हस्तबहादुर गोली लागी मृत अवस्थामा फेला परेको डिएसपी मुकारुङले जानकारी दिए।

घटनास्थल नजिकबाट भरुवा बन्दुक एक थान फेला परेको र मृतक राईको शव पोष्टमार्टका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगी घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ। सिकार खेल्न गएका तीन जनामध्ये गजेन्द्रले राति ९ बजेतिर प्रहार गरेको बन्दुकको गाली लागी हस्तबहादुरको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी मुकारुङले बताए।  

घटनामा संलग्न भएको आरोपमा गजेन्द्र र रुबिनलाई पक्राउ गरी थप अनुसन्धान थालेको र उनीहरुलाई ज्यान सम्बन्धी कसुर तथा हातहतियार खरखजाना कसुरमा म्याद थप गरी सकिएको प्रहरीले जनाएको छ।  

प्रकाशित: १२ वैशाख २०७८ ०४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App