१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

न्यायाधीशका पिएसओकाे पेस्तोल चोरी गर्ने दुई पक्राउ

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पिएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

५२४ एम्पुल लागू औषधसहित दुई पक्राउ

मकवानपुर प्रहरीले अवैध लागू औषधसहित दुई जनालाई पक्रेको छ। ५२४ थान अवैध लागू औषध डाइजेपामसहित दुई जनालाई पक्रेको हो। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १६ नम्बर वडाका १९ वर्षीय इमरान मन्सुर र वीरगञ्जकै १ नम्बर वडाका १९ वर्षीय सुनिल साह रहेका छन्।

हिरासतबाट फरार भएका दुई पक्राउ

प्रहरीको हिरासत कक्षबाट फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मधुवन नगरपालिका–५ गाउँनंम्बर ७ का १९ वर्षीय अजय नेपाली र वडा नम्बर ५ गाउँनंम्बर ७ का २० वर्षीय राजा नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।

अमेरिका र माल्टा पठाउने भन्दै रकम लिई फरार भएका दुई पक्राउ

वैदेशिक रोजगारका लागि अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पाँच सय र हजारको नक्कली नोटसहित दुई पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले गोकर्णेश्वरको नयाँ वस्ती क्षेत्रको किराना पसलमा सम्झनाले नक्कली नोटबाट रिचार्ज कार्ड किनीरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए।

मकवानपुर प्रहरीद्वारा लागुऔषधसहित दुई पक्राउ

मकवानपुर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१५ घर भई हाल पर्साको वीरगञ्ज बस्ने २२ वर्षीय रञ्जित शर्मा र वीरगञ्जकै जटाशङ्कर सोनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

नेपालगन्ज नाकाबाट ब्राउन सुगरसहित दुई पक्राउ

नेपालगन्जस्थित जमुनाहा नाकाबाट ३ ग्राम २ सय ५० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।

हत्या आरोपमा दुई पक्राउ

बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।

पाँच किलो चाँदीसहित दुई पक्राउ

सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई पक्राउ गरेको हो।

सुतिरहेकी महिलामाथि नकाव लगाएर सांघातिक आक्रमण गर्ने दुई पक्राउ

कटेरामा सुतिरहेकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान तल्लो कात्तिकेकी ३८ वर्षीया ललिका भनिने सानिका राईलाई गत साउन १३ गते राती खुकुरी प्रहार गरेर गम्भीर घाईते बनाएको अभियोगमा सोही ठाउँको ऐसेलुखर्कका २८ वर्षीय टिसन राई र काभ्रेका २७ वर्षीय मने भनिने मनकुमार सार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

विदेशी मुद्रासहित दुई पक्राउ

विराटनगरमा दुईजना भारतीय नागरिक प्रतिबन्धित भारतीय रूपैयाँ र अमेरिकी डलरसहित शुक्रबार पक्राउ परेका छन्।

सिकार खेल्न गएका एकको मृत्यु, दुई पक्राउ

वैशाख ८ गते सोमबार केराबारी–३ का ३७ वर्षीय गजेन्द्र राई र सोही ठाउँका अर्का २६ वर्षीय रुबिन लिम्बू मिली तीन जना जंगलमा सिकार खेल्न गएको र मंगलबार हस्तबहादुर गोली लागी मृत अवस्थामा फेला परेको डिएसपी मुकारुङले जानकारी दिए।

अटोरिक्सामा अवैध काठ ओसार्ने दुई पक्राउ

अटोरिक्सामा चारवटा सालका गोलिया लैजाँदै गरेको बेला काठसहित दुवैलाई पक्राउ गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाउँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

नक्कली नोट र नोट छाप्ने प्रिन्टरसहित दुई पक्राउ

प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्