९ आश्विन २०८१ बुधबार
image/svg+xml

सुर्खेतमा दुईजना कोरोना संक्रमितको मृत्यु

महामारीका रुपमा फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरस संक्रमणका कारण सुर्खेतमा दुईजनाको मृत्यु भएको छ । बुधबार बिहान कर्णाली प्रदेश अस्पताल कालागाउँमा उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमितलाई उपचार खर्च धान्नै गाह्रो

कोरोना संक्रमितको उपचार गरिरहेका अस्पताललाई सरकारले बिरामीको संख्या र अवस्था अनुसार निश्चित खर्च तोकेर बजेट दिइरहेको छ।

भेरी अस्पतालको कोभिड वार्ड भरियो, घर फर्किदै कोरोना संक्रमित

यहाँ कोरोना संक्रमितको संख्या २ हजार ७१ जना छन् । दोस्रो चरण कोरोना संक्रमितको ८ जनाले ज्यान गुमाईसकेका छन् । कुल मृतकको संख्या मंगलवार सम्म २७ जना पुगेको तथ्यांक छ। बाँके जिल्लामा भयावह स्थिति हेर्दा बर्दियाको स्थिति सामान्य नरहने आम सर्वसाधारणले अनुमान गरेका छन्।

कोरोना संक्रमित पुरुषको मृत्यु

बैतडीको दशरथचन्द नगरपालिका–९ का ३५ वर्षीय कोरोना संक्रमितको डडेल्धुरा अस्पतालमा मृत्यु भएको छ। मंगलबार बेलुका साढे ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

दुई जना संक्रमितको विराटनगरमा मृत्यु

मोरङको कटहरी गाउँपालिका र झापाको झापा गाउँपालिकाका कोरोना भाइरस संक्रमितको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको नोबेल शिक्षण अस्पतालले जनाएको छ।

भारतबाट आएका कोरोना संक्रमितको अर्घाखाँची अस्पतालमा मृत्यु

अर्घाखाँची अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको ज्यान गएको छ। भारतबाट आएका मालारानी गाउँपालिका–७, बामरुकका ५८ वर्षीय पुरुषको मृत्यु भएको हो।

सुर्खेतमा एकजना कोरोना संक्रमितको मृत्यु

सुर्खेतमा मंगलबार बिहान कोभिड–१९ (कोरोना भाइरस) संक्रमित एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। जुम्ला तिला गाउँपालिका–२ घर भइ हाल सुर्खेतस्थित वीरेन्द्रनगरमा बस्दै आएका ७६ वर्षीय एक पुरुषको प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

वीपी प्रतिष्ठानमा विराटनगरका संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा गए राती एक जना कोरोना संक्रमितको निधन भएको छ। प्रतिष्ठानका अनुसार विराटनगर १५ का ५६ बर्षीय संक्रमित पुरुषको राती साढे ९ बजे निधन भएको हो।

भारतमा एकैदिन तीन लाख ५२ हजार कोरोना संक्रमित

भारतमा गत २४ घण्टामा तीन लाख ५२ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन्। एकै दिन तीन लाख भन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो पाँचौ दिन भएको बताइएको छ।

कोरोना संक्रमित: अस्पताललाई थेग्नै गाह्रो

कोरोना संक्रमित अत्यधिक बढेपछि नेपालगन्जका अस्पताललाई बिरामीको चाप थेग्न गाह्रो भएको छ। संक्रमितको संख्या अत्यधिक बढे पनि अस्पतालमा कोभिड बेड थपिएका छैनन्। जसले गर्दा अवस्था झन् भयावह बनेको छ।

अक्सिजन खरिद गर्न भेरी अस्पताललाई नागरिक स्तरबाट सहयोग

भेरी अस्पतालमा भर्ना भएका कोरोना संक्रमितलाई अक्सिजन अभाव हुन नदिनका लागि नागरिक स्तरबाट सहयोग अभियान सुरु गरिएको छ।

कोरोना संक्रमितले भरियो भेरी अस्पतालको कोभिड वार्ड

‘हामीसँग उपलब्ध रहेको १ सय ४२ बेड पुरै प्याक भइसकेको छ, यि बेड खाली नहुँदा सम्म कसैलाई पनि भर्ना गर्नसक्ने स्थिती छैन, सबै बेड प्याक भइसकेका छन्, दिनहुँ संक्रमितको ग्राफ उच्च छ, अस्पतालले नै थेग्न गाह्रो भइसक्यो,’: मेसु डा. प्रकाश थापा

कोरोना संक्रमितहरुको यात्रा इतिहास: भारत सीमामा निर्वाध आवतजावत

कोरोनाको पहिलो लहर सुरु भएपछि सरकारले नेपालको सीमा नाका सिल गरेर आउजाउमा रोक लगाएको थियो। पछि प्रदेश २ का वीरगन्ज, सिरहालगायतका नाकाहरुबाट अतिआवश्यक आउजाउ र मालबस्तु ढुवानी खुकुलो पारिएको थियो । त्यसपछि वीरगन्जबाहेकका नाकाबाट आउजाउ पुनः बन्द गरियो। पछिल्लो समय वीरगन्ज र सिरहाको माड्र नाकाबाट आउजाउ खुकुलो पारिएको छ।

प्रदेश १ मा ५५ संक्रमित थपिए

प्रदेश १ को राजधानी विराटनगरमा २४ जनासहित सोमबार ५५ जना कोरोना संक्रमित प्रदेशमा थपिएका छन् । मोरङमा २९, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्