दसैं मनाउने तरिका
अरूलाई देखाउन होइन, आफ्नो खुसीका लागि पर्व मनाउनुपर्छ भन्ने ज्ञान विकास भयो भने ‘आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई’ उक्ति चरितार्थ हुन पाउने थिएन।
अरूलाई देखाउन होइन, आफ्नो खुसीका लागि पर्व मनाउनुपर्छ भन्ने ज्ञान विकास भयो भने ‘आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई’ उक्ति चरितार्थ हुन पाउने थिएन।
गीतकार भूपाल राईको ‘किताबको पाना हेर’ शीर्षक गीत कक्षा ४ को नेपाली पाठ्यक्रममा समावेश छ। उनले भनेका छन् कि किताबका पानाहरू ज्ञानका हिसाबले बच्चाहरूभन्दा पनि ठूला हुन्छन्। हामी आँैलाभन्दा साना कलमका टुप्पाले ज्ञानी कुरा लेख्छौं। वीरताका कुरा लेख्छौं। गौरवका गाना लेख्छौं भनेर राईले बालकहरूलाई देशसँग सकारात्मक रूपमा जोड्न यो गीत लेखेका हुन्।
लेखक डि.आर. ‘तिलस्मी’ उपन्यास लिएर आएका छन्। बालमनोविज्ञान, सामाजिक परिवेश र युवाको अठोट शक्ति भए परिवर्तन सम्भव छ भन्ने देखाएको छ यसले। उपन्यासलाई पठनीय बनाउन, शिक्षा, स्वास्थ्य, फेसन र खेलकुदलाई पनि चट्नीका रूपमा राखिएको छ। उपन्यासकार लेख्छन्ः ‘एउटा युवाले लक्ष्य प्राप्तिका लागि गरेको त्याग, समर्पण, अरूका लागि प्रेरणा बन्न सक्छ। कल्पनाको यो तस्बिरभित्र बाल मनोविज्ञान, पारिवारिक संस्कार, सकारात्मक सोच, इच्छाशक्ति र असल युवाको संगतले कायाकल्प भएको देखेँ र लेखे।’
शिक्षा मनोविज्ञानले भन्छ– ६ वर्षको उमेरदेखि स्कुल उमेर सुरु हुन्छ। ६ वर्षभन्दा पहिले बालबालिकाहरू शारीरिक तथा मानसिक परिपक्वताको कमीले स्कुल जाने उमेरमा पुगेका हुँदैनन्।
बच्चाले भनेको नमान्दा कराउने वा रिसाउने गर्नुहुन्छ ? बच्चालाई पिट्यो भने उसले भनेको मान्छ भन्ने तपाईँलाई लाग्छ ?
गाउँगाउँदेखि, चोकचोकदेखि आवज उठेको छ। आक्रोशित जनता सडकमा उत्रिएका छन् । दुई महिना बितिसक्दा पनि न्याय नपाएपछि पीडित परिवारले प्रधानमन्त्री तथा राष्ट्रपतिको ढोका ढकढकाउनु परेको छ।
बाल मनोविज्ञानमा आधारित रहेर कमेडी फ्लेबरमा निर्माण गरिएको फिल्म ‘चंगा’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा सोमबार एक कार्यक्रमबीच फिल्म युनिटले पत्रकार र कलाकारमाझ ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा प्रेम, कमेडी, सस्पेन्ससँगै एक बालकलाई बन्धक बनाइएको देखाइएको छ ।
नेपाली कांग्रेसले सरकारले जारी गरेको श्वेतपत्र चुनावी एजेण्डा स्थापित गर्ने मनोविज्ञानबाट आएको बताएको छ।
राजनीति सङ्लिँदै गएको हो ? प्रश्न गर्नुपर्ने अवस्था होइन । तीनवटै तहका निर्वाचन सम्पन्न भएर संघीय गणतन्त्र कार्यान्वयनमा गएको अहिलेको अवस्थामा । संघीयताको नयाँ प्रयोगमा छौँ हामी । प्रदेशसभाका सदस्यहरूले हालै शपथ खाएका छन् । प्रदेश प्रमुख तोकिएका छन् र प्रदेशका अस्थायी राजधानीका नाम घोषणा भएका छन् । राष्ट्रियसभाको चुनावको प्रक्रिया सुरु भएको छ । सम्भवतः यसै महिनाको अन्त्य वा फागुनको पहिलो सातासम्म नयाँ सरकार बन्नेछ, केन्द्रीय तहमा । संघीय र प्रदेशसभा चुनावमा भएको वामपन्थी गठनबन्धन र यसले प्राप्त गरेको बहुमतको बल सरकार बनाउन र मुलुकलाई स्थायित्व दिन कार्यान्वयन हुनसक्यो भने त्यो ठूलो आधार बन्नेछ संघीय गणतन्त्रको।
तराईमा शीतलहरले जनजीवन कष्टकर बनेपछि यतिबेला सबैतिर राहत बाँड्ने होडबाजी चलेको छ । स्थानीय तह, प्रहरी प्रशासन सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाउँदैमा व्यस्त छन् । विपन्न बस्तीमा गएर केही थान कम्बल बाँड्ने संघसंस्थाको ओइरो देखिन्छ ।
नेपालीको महान् पर्व दसैँ सदाझैँ आएको छ । त्यसो त हामी हिन्दूहरुको महिनैपिच्छे चाडपर्व आउँछन । सबै चाडपर्वको आ–आफ्नै महत्व छ । प्रत्येक चाडपर्वको उद्देश्य फरक–फरक छ । हामी जसरी भौगोलिक रुपमा विविधतायुक्त छौँ, संस्कृतिमा पनि विविधतायुक्त छौँ । अरु धर्ममा यति धेरै विविधता सायदै पाइन्छ । वर्षको बाह्रै महिनामा कुनै न कुनै चाडपर्व परिरहन्छ । हामी त्यसैमा लागिरहन्छौँ । त्यसमध्ये पनि दसैँ एउटा विशेष पर्व हो । त्यसैले गर्दा पनि होला दसैँ हिन्दूहरुको मात्र पर्व रहेन, यो त राष्ट्रिय चाड नै हो भन्दा अत्युक्ति नहोला । दसैँको धार्मिक, सांस्कृतिक र मनोवैज्ञानिक पक्ष छन् । म आज दसैँलगायत हाम्रा चाडपर्वको मनोवैज्ञानिक प्रभावबारे चर्चा गर्नेछु ।
समाज परिवर्तनको यस्तै आशा बोकेर सुदूरपश्चिम नेपालबाट राजधानी छिर्छन्, प्रकाश विश्वकर्मा र उनका साथी रमेश विश्वकर्मा। हक्की प्रकाश र थोरै डराउने रमेशले विश्वविद्यालयबाट स्नातकोत्तरको डिग्री हासिल गर्छन्।
सामाजिक मनोविज्ञानअनुसार कुशल नेतृत्व गर्ने राजकीय र राजनीतिक नेताहरू नै राजनेता बन्न सक्छन्। यस्तै मनोविज्ञानका आधारमा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको प्रमुख नेतृत्व कुशलतापूर्वक सम्हालेको देखिन्छ।
मुलुकको वर्तमान परिस्थिति आकलन गर्दै संविधान संशोधनमा एमाले सहमत हुन नसक्ने हो भने ऊ अर्को संशोधनका लागि तयार हुनुपर्छ। त्यो भनेको निर्वाचनको अन्तिम मिति २०७४ माघ ४ लाई पछाडि धकेल्ने संशोधन।
साहित्यकार पुरस्कारको लागि लेख्छ? कलाकार पुरस्कारको लागि कलाको सिर्जना गर्छ? यस्ता प्रश्नको उत्तर सहज छैनन्। कलाले अभिव्यक्ति खोज्छ। अभिव्यक्त हुनु त्यसको धर्म हो। तर, सिर्जनाले मान्यता पनि खोज्छ। मान्यताको एउटा स्वरूप पुरस्कार हो।