९ मंसिर २०८१ आइतबार
image/svg+xml

आचारसंहिता उल्लंघन गर्नेलाई कडाइ

‘संविधान र कानुनले तोके बमोजिम आयोगले निर्वाचनको कामहरु तीव्र रुपमा अघि बढाइरहेको छ।’ आयूक्त तुलाधरले भनिन्, ‘सबैसँगको सहकार्य, सहमती अनुसार निष्पक्ष, स्वतन्त्र, भयरहित तरिकाले निर्वाचन गराउन निर्वाचन आयोगले कुनै कसर नराखी कामहरु गरेको छ।’

निसर्ग हस्पिटल मिडिया कप फुटसलः लिग चरणका खेल सम्पन्न

समूह ‘क’ बाट आयोजक खेलकुद पत्रकार मञ्च समूह विजेता र अत्तरिया पत्रकार समूह उपविजेता भएर सेमिफाइनलमा पुगेका छन्। यस्तै समूह ‘बी’ बाट चडेपानी ब्वाइज समूह विजेता र पत्रकार महासंघ कैलाली समूह उपविजेता भएर अन्तिम चारमा पुगेका छन्।

‘मिडिया विधेयकमा सरोकारवालाको माग सम्बोधन हुन्छ’

संसद्को सूचना तथा विकास समितिका सभापति कल्याणी खड्काले मिडिया काउन्सिल विधेयकमा सरोकारवाला निकायको माग सम्बोधन गरिने बताएकी छिन्।

मिडिया विधेयक छलफलका लागि समितिमा

प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।

मिडिया काउन्सिल विधेयक: सञ्चार सम्बद्ध संस्थाकै विरोध

सञ्चार आवद्ध संघ संस्थाहरूको विरोधपछि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ती संघ संस्थाका प्रतिनीधिहरूसँग छलफल गरेर संशोधन गर्ने आश्वसन दिएपनि संशोधन नगर्दासम्म ढुक्क हुने अवस्था नभएको जनाएको छन्।

मिडिया काउन्सिल विधेयकको सकस

पत्रकारिताको विषय विचार र अभिव्यक्ति स्वतन्त्रताको विषय हुने हुँदा यसमा कसैलाई पास वा फेल गर्ने चलन कतै छैन। बरु योग्य पत्रकार हुन चाहनेले आफै प्रशिक्षण लिने प्रचलन नेपालमै पनि चल्दै आएको छ।

मिडिया बाँध्न मिडिया काउन्सिल

आफैँ प्रतिपक्षमा हुँदा विरोध गरेको मिडिया काउन्सिल विधेयकलाई सरकारले केही हेरफेर गरे पनि उद्देश्य उस्तै हुने गरी अगाडि बढाएको छ।

‘नेपाल श्रम आप्रवासन अनुसन्धान अध्ययन– २०२२’ सार्वजनिक

ब्लिट्ज मिडियाले ह्युम्यानिटी युनाइटेडसँगको साझेदारीमा ‘नेपाल श्रम आप्रवासन अनुसन्धान अध्ययन– २०२२’ सार्वजनिक गरेको छ।

केयुमा खुल्यो मास्टर्स इन मिडिया स्टडिज कार्यक्रम

काठमाडौं विश्वविद्यालय (केयू) ले यसै वर्षदेखि अध्यापन सुरु गर्ने गरी मिडिया स्टडिज विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा ल्याएको छ।

प्रदेशमा मिडिया नामक पुस्तक सार्वजनिक

पुस्तकमा संघ र प्रदेशहरूमा रहेका मिडियाहरूको अवस्थालाई केलाइएको छ। पुस्तक विमोचन कार्यक्रममा प्राध्यापक पी. खरेलले मिडियाको एकीकृत तथ्यांकले संघ, प्रदेश र जिल्ला तहमा मिडियाको अवस्था बुझ्न सहयोग पुग्ने भन्दै पुस्तकले मिडियाको बहुपक्षीय अध्ययनका लागि पनि सहयोग पुर्‍याउने बताए।

विष्णु, आलोक र छिटुप बने नागरिक नायक

यस वर्ष तीनजना सामाजिक अभियन्ता ‘नागरिक नायक–२०७९’ बाट सम्मानित भएका छन्। नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया प्रालिले आफ्नो १४औं स्थापना दिवसको अवसरमा समाजमा उल्लेख्य योगदान पुर्‍याएका विष्णु गौतम, सत्यनारायण महतो ‘आलोक’ र छिटुप दोर्जी लामालाई यो सम्मान प्रदान गरेको हो। आइतबार वसन्तपुर डबलीमा आयोजित विशेष समारोहमा तीनैजनालाई सम्मान गरिएको छ।

लक्ष्मी प्रतिष्ठानका बिष्णु गौतम बने नागरिक नायक २०७९

सामाजिक अभियन्ता बिष्णु गौतमलाई नागरिक नायक २०७९ बाट सम्मान गरिएको छ। परिवारको असह्य पीडाभन्दा माथि उठेर समाज रूपान्तरणमा निरन्तर जुटेका उनलाई नागरिक नायकको रुपमा सम्मान गरिएको हो।

हाम्रो प्रतिबद्धता

मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै जन्मिएको यो संस्था राजनीतिक परिवर्तनको साक्षीका रूपमा रहेको छ। बितेका वर्षहरू जसरी मुलुकका निम्ति महत्वपूर्ण रहे, त्यसैगरी हाम्रो संस्थाका निम्ति पनि अनुपम सिकाइका अवसर साबित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्