२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

केयुमा खुल्यो मास्टर्स इन मिडिया स्टडिज कार्यक्रम

काठमाडौं विश्वविद्यालय (केयू) ले यसै वर्षदेखि अध्यापन सुरु गर्ने गरी मिडिया स्टडिज विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा ल्याएको छ।

विगत १६ वर्षदेखि स्नातक तहमा सञ्चालन हुँदै आएको मिडिया स्टडिज कार्यक्रमलाई अब स्नातकोत्तर तहमा पनि विस्तार गरिएपछि काठमाडौं विश्वविद्यालयमै स्नातकोत्तर गर्न चाहने मिडिया तथा सञ्चारकर्मीहरूका लागि यो सुनौलो अवसर भएको विश्वविद्यालयस्थित भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. सुधांशु दाहालले बताए।

स्नातकोत्तर तहको यो कार्यक्रम तयार गर्दा नेपाल र एसियाकै मौलिक परम्परा, ज्ञान र दर्शनलाई ध्यानमा राखिएको विभागका सहप्राध्यापक डा. निर्मलमणि अधिकारीले बताए। उनले दुई बर्षे कार्यक्रममा विद्यार्थीले ६० क्रेडिट बराबरका विभिन्न २० वटा विषयहरूको अध्ययन गनुपर्ने र तीमध्ये मोबाइल पत्रकारिता, फिल्म अध्ययन, विज्ञापन व्यवस्थापन, प्रसारण पत्रकारिता, रेडियो स्टेसन व्यवस्थापन लगायत २८ वटा विषयबाट तीन वटा ऐच्छिक विषय छान्न सक्ने बताए।

साथै, प्रथम वर्ष मात्र पूरा गरेर पढाईलाई निरन्तरता दिन नसक्ने विद्यार्थीहरूलाई वैकल्पिक रूपमा पोष्ट ग्रयाजुएट डिप्लोमाको डिग्री प्रदान गर्न सकिने व्यवस्था समेत गरिएको उनले बताए।

प्रकाशित: १५ असार २०७९ ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App