११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेकपा अध्यक्ष दाहालको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना देखिएको छ। दाहालको सुरक्षामा कार्यरत ६ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो।

चिकित्सक, सेना र बैंकर्स सहित वीरगन्जमा थपिए ४३ संक्रमित

वीरगन्जमा एक जना चिकित्सक, नेपाली सेनाका ११ जना र एक बैंकर्ससहित वीरगन्जमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यहाँ स्थित नारायणी अस्पतालको पीसिआर प्रयोगशालाको बुधबार राति आएको परीक्षण रिपोर्ट अनुसार संक्रमित भेंटिएकाहरुमा बाराको देवतालका एक जना र रौतहट मौलापुरका एक जना पनि छन्।

उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

पर्सामा उपचारको लागि अस्पताल आउँदै गर्दा मृत्यु भएकी एक १८ वर्षीया युवतीमा कोरोना पुष्टि भएको छ। मृत्यु हुने युवती पोखरीया नगरपालिका वडा नम्बर ९ बार्वास्थित मामाघरमा बस्दै आएकी थिइन। सोमबार राति बान्ता हुन थालेपछि उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंजमा लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको चिकित्सकले बताएका छन्।

प्रधानमन्त्रीलाई विज्ञका सुझाव : लकडाउन गर्नेकी, सुरक्षाका उपायमा कडाई गर्ने ?

लकडाउन खुलेपछि कोरोनाको ग्राफ बढ्न थालेको छ। काठमाडौं उपत्याकामा दिनदिनै संक्रमितको संख्या बढेको छ भने भारतसँग सीमा जोडिएका जिल्लामा पनि दैनिक संक्रमितको संख्या बढिरहेको छ।

कोरोना नियन्त्रणका कमजोरी र प्रगतिको समीक्षा गर्न देउवाको आग्रह

केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेतासहित स्वास्थ्य विज्ञहरुसँग छलफल गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठकमा ७ बुँदामा समेटेर सुझाव दिएका छन्।

एकै परिवारका १४ जना कोरोना संक्रमित भएपछि रंगेली बजार बन्द

मोरङको पुरानो सदरमुकाम रंगेलीमा कोरोना भाइरस फैलिएको भन्दै बजार तीनका लागि बन्द गरिएको छ। रंगेलीको मुख्य बजार क्षेत्रसहित चार वटा वडा पूर्णरूपमा बन्द गरिएको छ।

कोरोना परीक्षण गर्न राजधानीका १४ ठाउँमा बुथ राखिने

सरकारले शंकास्पद व्यक्तिको कोरोना परीक्षणका लागि राजधानीका १४ स्थानमा परीक्षण बुथ राख्ने भएको छ। उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले यस्तो निर्णय गरेको हो।

अफ्रिकामा २२ नेपाली कोरोना संक्रमित, एकको मृत्यु

अफ्रिकामा कामको सिलसिलामा रहेका २२ जना नेपाली कोरोना संक्रमित भएका छन् भने १ जनाको मृत्यु भएको छ। दक्षिण अफ्रिकाको जोहन्सबर्गमा कार्यरत एक नेपालीको निधन भएको हो। पाँचथ घर भएका ३४ वर्षिय युवाको उपचारको क्रममा मृत्यु भएको हो।

डब्लूएचओका नेपाल प्रतिनिधि भन्छन् : एक अर्काबीच दूरी कायम गर्नुहोस्

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबीच दूरी कायम गर्न अपिल गरेका छन्।

प्रदेश १ का मुख्य न्यायाधिवक्तालाई कोरोना

प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश १ मा सरकारको उपल्लो तहका व्यक्तिमा कोरोना देखिएको यो पहिलो घटना हो।

धरानमा थप एक जनामा कोरोना पाजेटिभ, प्रिति भल्व उद्योग सिल

धरानमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धरान ८ स्थित औद्योगिक क्षेत्रमा रहेको प्रिति भल्व एण्ड फिटिङ्स उद्योगमा काम गर्ने एक कर्मचारीमा पोजेटिभ देखिएको हो। उद्योगमा काम गर्ने कर्मचारीहरुमा धमाधम संक्रमण देखिन थालेपछि हिजो साँझ उद्योग सिल गरिएको छ। समुदायमा संक्रमण फैलिन नदिन हिजो (आइतबार) राती उद्योग सिल गर्न प्रहरीलाई निर्देशन दिइएको धरानका मेयर तिलक राईले बताए।

प्रदेश नं २ : संक्रमण बढेसँगै धमाधम निषेधाज्ञा, बढेन परीक्षण

शनिबार पहिलो पटक सिरहामा समुदायका दुई जनामा कोरोना संक्रमण पुष्टि भयो। उनीहरुमध्ये सिरहा नगरपालिका –१६ का राजनीतिकर्मी र लहान गरपालिका –८ का गैरसरकारी संस्थाका कर्मचारी हुन्। दुबैजना ब्यापक घुमफिर गरेका व्यक्ति हुन्।

सरकारले बढायो कोरोना परीक्षणको दायरा

सरकारले सीमित रहेको कोरोना परीक्षणको दायरा बढाएर फराकिलो पारेको छ । पुरानो ‘नेशनल टेष्टिङ गाइडलाइन’ मा परिमार्जन गरी दायरा फराकिलो पारेको हो ।

सरकारसँग दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमता छ : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमतामा सरकारसँग रहेको बताएका छन्। सरकारले परिस्थितिलाई हेर्दै परीक्षणको दायरा बढाउने र त्यसको तयारी स्वरुप दैनिक १८ हजार परीक्षण गर्न सक्ने क्षमताको विकास गरेको मन्त्री ढकालले बताएका हुन्। न्यूज एजेन्सी नेपालका संबाददातासँगको कुराकानीमा मन्त्री ढकालले सरकारले दैनिक १८ हजार जनासम्मको परीक्षण गर्न आवश्यक सबै सामग्रीलाई तयारी अवस्थामा रोखेको बताए।

पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना संक्रमण, १११ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो पटक १११ जना डिस्चार्ज भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्