coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कोरोना नियन्त्रणका कमजोरी र प्रगतिको समीक्षा गर्न देउवाको आग्रह

केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेतासहित स्वास्थ्य विज्ञहरुसँग छलफल गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठकमा ७ बुँदामा समेटेर सुझाव दिएका छन्।

देउवाले  हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा गर्न आग्रह गरेका छन्। स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कारबाही प्रक्रिया थाल्न भनेका छन्।  

सम्पूर्ण रुपले पीसिआर परीक्षण गर्दै एक प्रदेशमा एकलाख नयाँ परीक्षण तत्काल प्रारम्भ गर्न कांग्रेसले आग्रह गरेको छ।  स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध। अत्यावश्यक पर्ने औषधि रेमडिसिभरको आयातमा तदारुकता। आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध गर्न समेत भनिएको छ।

मापदण्ड अनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र ब्यवस्थापन, विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरि क्वारेन्टाइन र परीक्षण पश्चात् घर पुर्याउने ब्यवस्था, नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सीमा नाका सिल, सुरक्षाका लागि मास्क लगाउने अनिवार्यता संगै चेतनामूलक अभियानमा आम संचारका माध्यमको व्यापक प्रयोग गर्न देउवाको सुझाव छ।  

उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गर्न समेत भनिएको छ।  

विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गर्न देउवाले प्रधानमन्त्रीलाई आग्रह गरे।  

 

 

प्रकाशित: २० श्रावण २०७७ ०९:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App