६ वैशाख २०८१ बिहीबार
समाज

धरानमा थप एक जनामा कोरोना पाजेटिभ, प्रिति भल्व उद्योग सिल

धरानमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धरान ८ स्थित औद्योगिक क्षेत्रमा रहेको प्रिति भल्व एण्ड फिटिङ्स उद्योगमा काम गर्ने एक कर्मचारीमा पोजेटिभ देखिएको हो। उद्योगमा काम गर्ने कर्मचारीहरुमा धमाधम संक्रमण देखिन थालेपछि हिजो साँझ उद्योग सिल गरिएको छ। समुदायमा संक्रमण फैलिन नदिन हिजो (आइतबार) राती उद्योग सिल गर्न प्रहरीलाई निर्देशन दिइएको धरानका मेयर तिलक राईले बताए। उनका अनुसार उद्योगमा काम गर्ने कर्मचारीहरुमा संक्रमण पुष्टि भएकोले समुदायमा पनि संक्रमण सार्ने जोखिम बढेको छ। ‘उद्योगको कर्मचारीहरु घरमा र डेरा गरी बस्थे, उनीहरुलाई पोजेटिभ देखिएपछि अरुलाई पनि संक्रमण सारेको हुनसक्छ, त्यसैले सिल गरिएको हो,’ मेयर राईले भने।

प्रहरीले हिजो साँझदेखि नै उद्योग सिल गरेर आवतजावत गर्न निधेष गरिएको जनाएको छ। पिसिआर जाँचको रिपोर्ट नआएसम्म उद्योगभित्र रहेका कर्मचारीहरु भित्रै रहनेछन् भने अन्य कसैलाई पनि उद्योगमा जान नदिइने धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए। ‘उद्योग सिल गरेर प्रहरी खटाइसकेको छुँ, आवतजावत बन्द छ। रिपोर्ट नआएसम्म उद्योगमा रहेका कर्मचारी भित्रै हुन्छन्,’उनले भने।

उद्योगको अडिटर धरान १३ का एक युवामा संक्रमण पुष्टि भएपछि कन्ट्यक ट्रेसिङको आधार पिसिआर जाँच गर्दा हिजो आइतबार उद्योगमा कार्यरत थप २ जनामा कोरोना पाजेटिभ देखिएको थियो। ती मध्ये एक जनाको श्रीमति र २ छोराछोरीमा पनि संक्रमण पुष्टि भएको थियो। उनीहरु डेरा गरि बसेकै घरमा उद्योगका अन्य २ परिवार पनि बस्ने गरेको खुलेपछि सिल गरिएको हो। उद्योगमा कार्यरत एक पुरुष कर्मचारीमा आज (सोमबार) पनि संक्रमण पुष्टि भएको छ।

यसअघि, धरान १३ का युवा जाने गरेको बोनस मलस्थित फिटनेस क्लब पनि बन्द गरिएको थियो। धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले उद्योगका संक्रमित व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ भइरहेको र आज स्वाब संकलन गरिने जानकारी दिए। ‘जिम हल र उद्योगको कन्ट्याक ट्रेसिङ गरेको छौं, ७० देखि ८० जना जतिको स्वाब संकलन गछौं,’उनले भने।

धरानमा कुल कोरोना संक्रमितहरुको संख्या २६ पुगेको छ। ती मध्ये १८ जना विदेशबाट आएका हुन् भने ८ जना धरानमा रहेकाहरु हुन्। धरानमा रहेका ८ जना मध्ये पनि ७ जना प्रिति भल्वसँग सम्बन्धित रहेका छन्। धरान १३ का युवाको कन्ट्याक ट्रेसिङ पछि पिसिआर गर्दा हिजो प्रिति भल्वमा काम गर्ने २ जनामा र एक जनाको परिवारसहित ५ जना संक्रमण पुष्टि भएको थियो।  

धरान औद्योगिक क्षेत्रस्थित सिल गरिएको प्रिति भल्व।

तस्बिर : रोहित राई

 

प्रकाशित: १९ श्रावण २०७७ ०६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App