११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

एकै परिवारका १४ जना कोरोना संक्रमित भएपछि रंगेली बजार बन्द

बन्द भएको रंगेली बजार। तस्बिरः नागरिक

मोरङको पुरानो सदरमुकाम रंगेलीमा कोरोना भाइरस फैलिएको भन्दै बजार तीनका लागि बन्द गरिएको छ। रंगेलीको मुख्य बजार क्षेत्रसहित चार वटा वडा पूर्णरूपमा बन्द गरिएको छ।  

कोरोना भाइरस कोभिड १९ संक्रमण रोकथामका लागि नगरपालिकाले तीन दिनका लागि ४, ५, ६ र ७ नम्बर वडा पूर्णरूपमा बन्द गरिएको नगरपालिकाले जनाएको छ।  

रंगेलीको मुख्य बजार क्षेत्रका ७३ वर्षीय वृद्धको केही दिनअघि मृत्यु भएको थियो। उनको मृत्युपछि भेला भएका एकै परिवारका १४ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको रंगेलीका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले जानकारी दिए। मृतकको घर पुग्ने र परिवारका अन्य सदस्यको पहिचान गरी सबै जनाको स्वाब नमुना संकलन कार्य भइरहेको र ४, ५, ६ र ७ नम्बर वडा पूर्णरूपमा सिल गरेको सुवेदीले बताए।  

दिल्लीबाट करिब १ महिनाअघि मृतककी छोरी आएकी थिइन् भने परिवारका अन्य सदस्य काठमाडौंबाट रंगेली आएका थिए। मृतककी छोरी दिल्लीबाट आउने क्रममा उनलाई विराटनगर–१० को होटल क्वारेन्टिनमा बस्नका लागि अनुमति दिएको र सोही वडाको सिफारिकको आधारमा उनी रंगेली आएको प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए।  

त्यस्तै रंगेली अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सबै सेवा बन्द गरिएको छ। अस्पतालका ५ जना कर्मचारीमा कोरोना पोजेटिभ पुष्टि भएपछि अर्को सूचना नगरुञ्जेलसम्मका लाग बन्द गरिएको जनाएको छ। मुख्य बजार क्षेत्र, बजारको पूर्व मधुवनी चोकदेखि सुनवर्षी नगरपालिका पश्चिम, चिसाङ खोला, उत्तरमा निचामारी बक्राह खोला पुल र दक्षिणमा भन्सार गेट क्षेत्रभरि बन्द गरिएको नगरपालिकाले जनाएको छ।  

त्यस्तै विराटनगरस्थित कोसी अस्पतालमा मंगलबार बिहान मृत्यु भएका व्यक्तिको पिसिआर रिपोर्ट नगेटिभए आएको छ। उदयपुर बेलका नगरपालिका–१ का ५५ वर्षीय पुरुषको अस्पताल ल्याउने बित्तिकै मृत्यु भएको अस्पतालले जनाएको छ।  

मृतकमा ज्वरो आउने, श्वासप्रश्वासमा समस्या, रिंगटा लाग्नेलगायतको समस्या भएपछि अस्पताल आएका थिए। उनलाई कोसी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गर्ने क्रममा मंगलबार बिहान करिब १ बजेतिर मृत्यु भएको अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डाक्टर चुमनलाल दासले बताए। ‘मृतकको लक्षण हेर्दा कोरोना संक्रमित हुन सक्ने आशंकामा हामीले पिसिआर परीक्षण गराएका थियौं,’ डाक्टर दासले भने, ‘उनलाई आइसोलेसनमा राखेर उचार गर्न भर्ना गर्ने क्रममा मृत्यु भएपछि स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो। अब उनको सब परिवारलाई जिम्मा दिन्छौं।’  

मृतकका आफन्तले मृतकलाई केहीदिन अघि जण्डिस देखिएको बताएका छन् भने उनको ट्राभल हिष्ट्रि देखिएको थिएन, डाक्टर दासले भने। सोमबार कोसी अस्पतालमै विराटनगर–५ घर भएका ७७ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो। वृद्धको शव व्यवस्थापनका लागि नेपाली सेनाको शव व्यवस्थापन टोलीले मोरङको लेटाङ र पथरी शनिश्चरेबीचको जंगलमा शव गाडेको छ। मृतक वृद्धकी श्रीमतीको पिसिआर रिपोर्ट नेगेटिभ आएको डाक्टर दासले बताए।  

 

प्रकाशित: २० श्रावण २०७७ ०८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App