७ वैशाख २०८१ शुक्रबार
समाज

प्रदेश १ का मुख्य न्यायाधिवक्तालाई कोरोना

प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यलाई  कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश १ मा सरकारको उपल्लो तहका व्यक्तिमा कोरोना देखिएको यो पहिलो घटना हो।  

मुख्य न्यायाधिवक्तासहित उनको परिवारका तीन सदस्य पनि संक्रमणमा परेका छन्। १२ दिन अघि ज्वरो आएपछि घरैमा बसिरहेका आचार्य र परिवारका सदस्यमा भएको  संक्रमणको    हिस्ट्री खुल्न बाँकी छ। पारिवारिक स्रोतका अनुसार अहिले सबैको स्वास्थ्य सामान्य छ।  

प्रदेश १ मा पछिल्लो समय संक्रमण दर बढेको छ। त्यसैले स्थानीय तहहरु धमाधम लकडाउन गर्दैछन्। यसक्रममा विराटनगर , झापाको अर्जुनधारा, बाह्रद्शी , विर्तामोडले लकडाउन घोषणा गरिसकेका छन्।  

 

 

प्रकाशित: १९ श्रावण २०७७ ०७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App