१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

आरडिटीपछि एन्टिजेनमा ध्यान

पिसिआर परीक्षण घटाउँदै लगेको सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्न लागेको छ। कोभिड–१९ को संक्रमण बढेको सुरुवाती अवस्थामा पिसिआर परीक्षणलाई भन्दा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) लाई प्राथमिकतामा राखेको सरकारले अहिले फेरि एन्टिजेन परीक्षणलाई विशेष प्राथमिकता दिएको छ।

कोरोना परीक्षणमा एन्टिजेन विधि अपनाइने

पिसिआर बिधिबाट कोभिड १९ संक्रमण परीक्षण गर्दै आएकोमा अबदेखि एन्टिजेन विधिबाट परीक्षण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पर्यटनमा आफूखुसी व्यवस्था

अन्नपूर्ण क्षेत्रभित्रको घान्द्रुक र अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रका व्यवसायीले कोरोना संक्रमण बढेको भन्दै अनिश्चितकालसम्मका लागि होटल नखोल्ने निर्णय गरिसकेका छन्। व्यवसायीको त्यही निर्णयपछि घान्द्रुकसहित आसपास र एबिसी क्षेत्रका होटल अझै खुलेका छैनन्।

गलत पिसिआर रिपोर्ट दिने भेरी अस्पतालका तीन कर्मचारी पक्राउ

कोरोना भाइरस (कोभिड–१९) को पिसिआरको गलत रिपोर्ट दिने कार्यमा संलग्न रहेको आरोपमा भेरी अस्पताल नेपालगन्जका ३ जना कर्मचारी पक्राउ परेका छन्।

केन्द्रीय समितिका लागि पिसिआर गर्दै कांग्रेस नेता

नेपाली कांग्रेसका नेताहरूले शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागि हुन कोरोना भाइरसको परिक्षण गराउने भएका छन्। काठमाडौंसहित देशभरी नै भाइरसको संक्रमण तीब्र बनेका बेला स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राख्दै बिहीबार बिहान १० बजे देखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा नै कोरोना भाइरसको परीक्षण गर्न लागिएको हो।

पिसिआर रिपोर्टमा ढिलासुस्ती, रिपोर्ट कुर्दा कुर्दै बिरामी सिकिस्त

काठमाडौं चन्द्रागिरीकी गंगा ढुंगानाले पिसिआर परीक्षणको लागि शसस्त्र प्रहरी बल कोभिड अस्पतालमा नमूना दिएको सोमबार ६ दिन पुरा भएको छ। उनले गत मंगलबार नमूना परीक्षण गर्न दिएकी थिइन्।

रसुवागढी नाकामा चालक र कामदारको प्रत्येक हप्ता पिसिआर हुने

रसुवागढी नाकामा काम गर्ने नेपाली चालक र कामदारको प्रत्येक हप्ता पिसिआर गरिने भएको छ ।

बढी शुल्क लिने प्रयोगशालालाई २४ घण्टे चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेभन्दा बढी शुल्क लिने विभिन्न आठ निजी प्रयोगशालालाई २४ घण्टे चेतावनी दिएको छ।

प्रधानसेनापतिको पिसिआर रिपोर्ट नेगेटिभ

भान्सेलाई कोरोना संक्रमण देखिएपछि सेल्फ आइसोलेसनमा बसेका प्रधानसेनापति पूर्णचन्द्र थापाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

बोझ बन्दै पिसिआर परीक्षण

लकडाउन खुलेपछि राजधानी प्रवेश गर्ने अन्तरदेशीय र अन्तराष्ट्रिय दुवै व्यक्तिलाई घरबेटीको अनिवार्य पिसिआर परीक्षणको रिपोर्ट चाहिन्छ।

कोरोना परीक्षण गराउन आउनेको अत्यासलाग्दो भीड

संक्रमणको आशंकामा पिसिआर गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालमा पुग्नेहरूमा संक्रमण नभएकाहरू पनि संक्रमित बन्ने डर देखिएको छ।

पिसिआर परीक्षणका नाममा मनोमानी शुल्क

जिल्लाको पथरी–१ शिखर चोकस्थित एक कवाडी संकलन केन्द्रभित्रका ६ जना कामदारको पिसिआर स्वाब संकलन गरे वापत २६ हजार रुपैयाँ लिएपछि विवाद उत्पन्न भएको छ।

पिसिआर रिपोर्टसँगै भाइरल लोड

भाइरल लोडले संक्रमितमा भाइरसको उपस्थिति मात्रा थाहा हुने भएकाले संक्रमणको अवस्था र उपचारका लागि आवश्यक क्लिनिकल निर्णय लिन सहयोग पुग्छ। यसले सबैभन्दा बढी संक्रामक ‘सुपर स्प्रेडर’ लाई पहिचान गरी महामारी नियन्त्रण गर्न पनि सहयोग गर्छ।

बैतडीमा ४ हजार जनाको पिसिआर परीक्षण

बैतडीमा ४ हजार २८ जनाको पिसिआर परीक्षण गरिएको छ। स्वास्थ्य कार्यालय बैतडीका अनुसार हालसम्म ४ हजार २८ जनाको पिसिआर परीक्षण गरिएको हो। सबैभन्दा बढी पाटन नगरपालिकाका ७ सय १ जनाको परीक्षण गरिएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ती भुवनप्रसाद जोशीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्