८ वैशाख २०८१ शनिबार
समाज

गलत पिसिआर रिपोर्ट दिने भेरी अस्पतालका तीन कर्मचारी पक्राउ

कोरोना भाइरस (कोभिड–१९) को पिसिआरको गलत रिपोर्ट दिने कार्यमा संलग्न रहेको आरोपमा भेरी अस्पताल नेपालगन्जका ३ जना कर्मचारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले बुधबार अस्पतालको आइसोलेसन वार्डका हेल्फर विवेक अधिकारी तथा सेकुरिटी गार्ड बासुदेव जोशी र बद्री खनाललाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले जानकारी दिए।

‘पोजेटिभलाई नेगेटिभ र नेगेटिभलाई पोजेटिभ बनाएर पिसिआर रिपोर्ट दिएको यिनीहरु माथी आरोप छ,’ उनले भने। पक्राउ परेका व्यक्तिलाई सरकारी किर्ते र अख्तियार दुरुपयोग गरेको अभियोगमा कानुनी कारबाही हुने उनले बताए। अस्पताल स्रोतका अनुसार उनीहरुले सेवाग्राहीसँग मोटो रकम लिएर केही समयदेखि गलत रिपोर्ट दिदै आएका थिए। पक्राउ परेका विरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओम रानाले बताएका छन्।

प्रकाशित: २७ कार्तिक २०७७ ०३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App