१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

केन्द्रीय समितिका लागि पिसिआर गर्दै कांग्रेस नेता

नेपाली कांग्रेसका नेताहरूले शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागि हुन कोरोना भाइरसको परिक्षण गराउने भएका छन्।  काठमाडौंसहित देशभरी नै भाइरसको संक्रमण तीब्र बनेका बेला स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राख्दै बिहीबार बिहान १० बजे देखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा नै कोरोना भाइरसको परीक्षण गर्न लागिएको हो।  

पार्टी पदाधिकारीसहित केन्द्रीय सदस्य र उनका सहयोगीहरूलाई पिसिआर परिक्षण अनिर्वाय गराएर मात्र बैठकमा सहभागि हुन कांग्रेसले आग्रह गरेको छ।  पार्टीको १४औं महाधिवेशनको नयाँ कार्यतालिकासहितका विषयमा छलफल गर्न कांग्रेसले शुक्रबारका लागि बैठक बोलाएको छ।  

 

 

 

 

 

प्रकाशित: २० कार्तिक २०७७ ००:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App