२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

मतदान गर्न पिसिआर रिपोर्ट अनिवार्य

निर्वाचन आयोगले आइतबार राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गर्दै उपनिर्वाचनका मतदातालाई मतदानअघि पिसिआर रिपोर्ट अनिवार्य गरेको हो।

राष्ट्रियसभा निर्वाचन: ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट देखाउनुपर्ने

निर्वाचन आयोगले कोभिड–१९ महामारीको विद्यमान अवस्था दृष्टिगत गरी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गरी लागू गरेको छ।

अक्सिजन प्लान्ट र पिसिआर मेसिन व्यवस्थापनका लागि कार्यदल

अक्सिजन प्लान्ट तथा पिसिआर मेसिन खरिद तथा व्यवस्थापनका लागि खोटाङमा कार्यदल बनेको छ। कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको शुक्रबार बसेको बैठकले कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै जिल्लामा अक्सिजन प्लान्ट तथा पिसिआर मेसिन खरिद तथा व्यवस्थापनका लागि कार्यदल बनाउने निर्णय गरेको हो।

पाँच दिनमा पनि आउँदैन पिसिआर रिपोर्ट, बिरामीको मृत्युपछि पोजेटिभ

कोरोना संक्रमणको लक्षण देखिएपछि पिसिआर जाँच गर्न स्वाब दिएकाहरुको मृत्यु हुँदा समेत रिपोर्ट नआउँदा समुदायमा कोरोना फैलने क्रम गोरखामा बढेको छ।

पिसिआर रिपोर्ट नआउँदै गोरखामा दुई जनाको मृत्यु

पिसिआर रिपोर्ट नआउँदै दुई जनाको शुक्रबार मृत्यु भएको छ। पालुङटार नगरपालिका वडा नम्बर २ सिमपानीका ६५ वर्षीय रामचन्द्र बस्नेतको आँपपिपल अस्पतालमा आज दिउँसो २ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

खानेपानीमन्त्री थापालाई काेराेना सङ्क्रमण

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ। उनको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए।

जिल्ला प्रवेश गर्न पिसिआर र एन्टिजेन परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य

अन्यत्र जिल्लाबाट डोल्पा प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य हुनु पर्ने भएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्ला प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य हुनु पर्ने निर्णय गरेको हो।

कोरोना रोकथाममा स्थानीय सरकार : न क्वारेन्टिन, न आइसाेलेसन

बितेको एक महिनाको अवधिमा नेपाल भारत सीमा क्षेत्र कोयलाबासबाट ७ सय जना नागरिक नेपाल भित्रिए । स्वास्थ्य कार्यालयका अनुसार उनिहरु सबै भारतमा रोजगारीका लागि गएका नेपाली नागरिक हुन् । सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नाकामा स्थापना भएको हेल्पडेस्कमा उनिहरु सबैको कोरोना एन्टिजेन परीक्षण भयो । यो परीक्षण बिधिले ७ सय मध्य एकजनामा मात्रै कोरोना संक्रमण देखायो ।

पिसिआर रिपोर्टविना भारत प्रवेशमा रोक

पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ। आजदेखि धार्चुला प्रवेशमा नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको खलङ्गा पुलघाटका प्रहरी प्रहरी सहायक निरीक्षक गगनसिंह भाटले जानकारी दिए।

पिसिआर नेगेटिभ पर्यटकलाई निर्वाध आउन दिने तयारी

पिसिआर नेगेटिभवालाई निर्वाध आउन दिनेसँगै अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखित रूपमै आग्रह गरेको र संस्थाद्वारा प्रस्तुत मुख्य विषयमा छिट्टै मन्त्रिपरिषद्बाट सम्बोधन हुने उनले बताए।

अब २९ अस्पतालबाट पिसिआर परीक्षण

सरकारले पिसिआर परीक्षण २९ अस्पतालबाट गर्ने व्यवस्था मिलाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले पिसिआर परीक्षणका लागि स्थापना गरिएकामध्ये २९ वटा सरकारी प्रयोगशालालाई पिसिआर परीक्षणका लागि तोकेको हो।

अब पिसिआर परीक्षण मात्र एक हजारमा

सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पिसिआर शुल्क समायोजन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क एक हजार रुपैयाँ लिने जानकारी दिए। यसअघि पिसिआर परीक्षण शुल्क दुई हजार रुपैयाँ लिने गरेको थियो।

बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहे पनि बागलुङमा अझैंसम्म पिसिआर प्रयोगशाला स्थापना भएको छैन।

विदेशीको जिज्ञासा–खोप लगाएपनि क्वारेन्टिन बस्नैपर्ने हो र ?

खोप लगाइसकेका पाहुनाले हिडडुलको योजना त बनाएका छन, तर, क्वारेन्टिन बस्नुपर्ने र अनिवार्य पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने नियम रहिरहँदा ती पाहुना भने अन्योलमा छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्