coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

खानेपानीमन्त्री थापालाई काेराेना सङ्क्रमण

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ। उनको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए।  

मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई सङ्क्रमण भएपछि उनको हिजो स्वाब सङ्कलन गरिएको थियो। उनकी छोरीलाई चार दिनअघि सङ्क्रमण भएको थियो।  

मन्त्रीसहित सचिवालयमा काम गर्ने १० जनाको पिसिआर परीक्षण गर्दा कसैलाई सङ्क्रमण देखिएन। सङ्क्रमण पुष्टि भएपछि मन्त्री थापाले अहिले ललितपुरस्थित मन्त्री निवास पुल्चोक आराम गरिरहेका उनका स्वकीय सचिव गौतमले जानकारी दिए।  

उनका अनुसार मन्त्री थापालाई अहिले सामान्य रुघाखोकी लागेको छ। यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई सङ्क्रमण भएको थियो।

प्रकाशित: १७ वैशाख २०७८ ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App