३ असार २०८१ सोमबार
image/svg+xml

दूधको मूल्य घट्दा किसान निराश

व्यावसायिक रुपले गाई पाल्न थालेको एक दशक पुग्नै लाग्दा दूध बिक्रीमा खासै समस्या नआएकामा यसवर्ष भने बिक्रीमा समस्या भएको छ।

फाल्गुनन्दको पूर्ण कदको स्मारक निर्माणको खर्च विवरण सार्वजनिक

ताप्लेजुङको तोक्मेडाँडामा स्थापना गरिएको किराँत धर्मका महागुरु फाल्गुनन्द लिङदेनको पूर्ण कदको स्मारक निर्माणमा भएको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरिएको छ।

राजनीतिक दबाबमा पोर्चुगलमा दूतावास

पटकपटकका भूकम्प, भारतीय नाकाबन्दी, कोरोना महामारीलगायतबाट थला परेको अर्थतन्त्रमा थप व्यभार बढाउने गरी सरकारले युरोपेली मुलुक पोर्चुगलमा आवासीय राजदूतावास खोल्ने निर्णय गरेको हो।

संसद् सधैं सुनसान, खर्च मात्रै बढ्याे

संघीय संसद्को बर्खे अधिवेशन बिहीबार रातिदेखि अन्त्य भएसँगै संसदीय दल र संसदीय समितिहरूमा सुनसान देखिएको छ।

‘आयुर्वेद उपचार सेवाको विस्तार गर्न आवश्यक छ’: स्वास्थ्यमन्त्री बस्नेत

बागलुङको बागलुङ नगरपालिका-६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल बन्ने भएको छ।

पहिलो त्रैमासमा सरकार ४६ अर्ब घाटामा

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा आम्दानीभन्दा ४५ अर्ब ९४ करोड रूपैयाँ बढी खर्च गरेको छ।

इजरायलबाट स्वदेश फर्कन चाहनेको हवाई खर्च सरकारले बेहोर्ने

सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले नेपाल वायुसेवा निगमको चाटर्ड उडानबाट इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेको छ।

भूकम्पमा घाइते हुनेको उपचार प्रदेश सरकारले गर्ने

सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ।

निउरो बेचेर घर खर्च

चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दिनचर्या आजभोलि पूर्व–पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ। टिकौली जङ्गल कटेपछि राजमार्गको छेउमा बसेर निउरोलगायत जङ्गली तरकारी बेच्दै आएकी उनी तीन वर्षदेखि यही पेसा गर्दै आएकी छन्।

आयल निगमले पूर्वाधार निर्माणमा ४ अर्ब खर्चिने

नेपाल आयल निगमले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ।

‘भारतसँगको खेल हेर्न अनुमानित ३० करोड खर्चे नेपाली दर्शकले’

ऐतिहासिक खेल हेर्न श्रीलङ्का पुगेका काठमाडौ महानगर पालिकाका मेयर बालेन शाहले नेपाली दर्शकले त्यहाँ पुग्न र बस्न करिब ३० करोड रुपैयाँ खर्च गरेको अनुमान गरेका छन्।

धमाधम थपिँदै नयाँ सभाहल पुराना अलपत्र

करोडौं खर्च गरेर बनेका सभाहल अलपत्र भइरहेका बेला मोटो रकम खर्च गरेर साउन महिनामा मात्रै अरू १३ वटा सभाहल थपिएका छन्।

खर्च धान्न नसकेपछि १७७ प्रतिशत शुल्क वृद्धि

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान आर्थिक रूपमा खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ। संस्थान सञ्चालनका लागि आर्थिक वर्ष ०७९÷८० मा मात्र संस्थानले नौ करोडको ऋण बोक्नुपरेको छ।

ऋण काढ्दै घिउ खाँदै

सरकारले पनि मुलुक चलाउन आर्थिक वर्षको सुरुवातमै ऋण लिनुपर्ने यस्तै बाध्यता सिर्जना भएको छ। साउनमा मात्र २० अर्ब रुपियाँको विकास ऋणपत्र जारी गरे पनि आइतबार पुनः १० अर्ब रुपियाँको ऋणपत्र जारी गरिएको छ।

युवाहरुलाई प्रधानमन्त्रीकाे अपिल- आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिनुस्

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिन युवाहरुलाई अपिल गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्