१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

उपचार खर्च आफैँ व्यहोर्न चाहेका राष्ट्रपतिले परराष्ट्रमार्फत अर्थमा पेश गरे ५५ लाखकाे बिल

फाइल तस्बिर

भारतमा उपचारको क्रममा लागेको खर्च आँफै व्यहोर्न चाहेको बताएका राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रलायममा बिल पठाएको पाइएको छ।

परराष्ट्र मन्त्रालयले राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्ली लैजाँदा भएको एयर एम्बुलेन्स र फर्किँदा नेपाल वायु सेवा निगमको भाडासहित ५५ लाख २ हजार २७९ रुपैयाँ भुक्तानीका लागि सोमबार अर्थ मन्त्रालयलाई पत्र लेखेको हो।  

राष्ट्रपति पौडेल २०८० वैशाख ६ गते श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्सबाट भारत गएका थिए भने उपचार पछि वैशाख १७ मा नेपाल फर्किदा नेपाल वायु सेवा निगमको नियमित उडानबाट आएका थिए।  

परराष्ट्रको पत्रमा उक्त अवधीमा लागेको खर्चको बिल भर्पाइको भुक्तानीका लागि पेश भएको हुँदा अर्थ मन्त्रालयले राष्ट्रपतिको उपचारको बिल भर्पाइका लागि ५५ लाख ४ हजार ६५४ रुपैयाँसम्म दिन सकिने सहमति  प्राप्त भएको उल्लेख छ। राष्ट्रपतिले उपचारका लागि राज्यकोषको रकम दुरुपयो गरी दिल्ली गएको भन्दै चर्को आलोचना भएपछि राष्ट्रपतिको सचिवालयल बैशाख १९ गते प्रेस नोट जारी गरी पौडेलले उपचार खर्च आफैँ बेहोर्न चाहेको बताएको थियो।  

प्रकाशित: १९ असार २०८० १३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App