१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पुँजीगत बजेट खर्च बढाउन परिसंघको माग

नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरूले निर्धारित समयमा पुँजीगत बजेट खर्च हुने वातावरण बनाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा यस्तो आग्रह गरेका हुन्। परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा गएको परिसंघ पदाधिकारीहरूले बिहीबार यस्तो सुझाव दिएका हुन्।प्रधानमन्त्रीसँगको भेटमा नवनिर्वाचित अध्यक्ष अग्रवालले अर्थतन्त्र चलायमान बनाउन बजेटको सफल कार्यान्वयनमा जोड दिए। बजेटले लक्ष्य राखेको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक रहेकोमा उनले जोड दिए।

अध्यक्ष अग्रवालले हाल एफपीओ, मर्जर तथा एक्वीजीसनमा भूतप्रभावि हुने गरी कर लगाउँदा लगानीकर्ताहरू हतोत्साहित हुने र अन्तर्राष्ट्रिय बजारमा समेत नराम्रो सन्देश जानेतर्फ सचेत बन्नुपर्ने बताए। उनले स्वदेशी उत्पादनको प्रबद्र्धन एवं सरकारको राजस्व बढाउन चोरी पैठारी नियन्त्रण गर्न निर्मम ढंगले प्रस्तुत हुन आग्रह गरे। हालै प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको विद्युत् निर्यात तथा विद्युतीय भुक्तानी सम्बन्धी समझदारी छिटो कार्यान्वयन गर्न पनि जोड दिए।

सो अवसरमा प्रधानमन्त्री दाहालले आर्थिक एवं औद्योगिक विकासका लागि परिसंघबाट प्रत्यक्ष रूपमा नीतिगत तथा व्यवहारिक सुझावहरू प्राप्त भइरहेको बताए। उनले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन परिसंघसहित निजीक्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको उल्लेख गरे। प्रधानमन्त्रीसँगको भेटमा उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, अमित मोर, भीम घिमिरे, स्थायी आमन्त्रित पदाधिकारीहरू छायाँ शर्मा, गोकुल भण्डारी, महानिर्देशक दिपकराज जोशी सहभागी थिए। 

प्रकाशित: १५ असार २०८० ०३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App