२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

हवाई उडानमा नेपाल ईयुको कालोसूचीबाट हटेन

नेपाल सरकारले पटक–पटक प्रयास गरे पनि नेपाल युरोपियन युनियनको उडान सम्बन्धी कालो सूचीबाट हट्न सकेन। युरोपियन कमिसनको मोभिलिटी एण्ड ट्रान्सपोर्ट डिभिजनले नेपाली वायुसेवा कम्पनीलाई कालो सूचीबाट हटाउन नमानेको हो।

फेरि किन चाहियो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल?

सरकारले ऋण लिएर निर्माण गरेका गौतम बुद्ध (भैरहवा) र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेको अवस्थामा सरकारले फेरि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय गरेसँगै यसको पक्ष विपक्षमा बहस सुरु भएको छ।

पर्यटन व्यावसायी भन्छनः रोकिएका आन्तरिक हवाई उडान सुरु गरौं

पोखरा बिराटनगर, भद्रपुर, जनकपुर र सिमराका लागि सुरु भएका आन्तरिक हवाई उडान पर्याप्त यात्रु नभएको भन्दै रोकिएका थिए। पोखरालाई जोड्नेगरि ती रुटमा पुन हवाई उडान सुरु हुने हो भने त्यसले पोखरामा थप आन्तरिक पाहुनाको चलायमान बनाउन सघाउने व्यावसायीको भनाई छ।

भिभिआईपी मोमेन्ट भन्दै लुक्ला एयरपोर्टमा उडान रोकिँदा यात्रुहरू अलपत्र

लुक्ला एयरपोर्टमा नियमित उडान रोकिँदा यात्रुहरू अलपत्र परेका छन्। भिभिआईपी मोमेन्ट भन्दै लुक्ला एयरपोर्टमा उडान रोकिएको यात्रुहरूले गुनासो गरेका छन्।

थाई एयरले पुनः थाल्यो काठमाडौँ–ब्याङ्कक उडान

थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेसनलले आजदेखि काठमाडौँ–ब्याङ्कक उडान पुनः सुरु गरेको छ।

नेपाल-कोरिया उडानमा प्राधिकरण नै बाधक

समयमै सेफ्टी अडिट भएको भए सिओलस्थित इन्चोन इन्टरनेसनल एयरपोर्टमा वायुसेवा निगमको सिधा उडान भइसक्ने अवस्थामा प्राधिकरणकै कमजोरीले सात वर्षसम्म उडान हुन नसकेको हो ।

पोखरामा धमाधम उडान थप्दै हवाई कम्पनी

यात्रुको चाप बढ्दै गएको भन्दै हवाई कम्पनिले काठमाडौं–पोखरा रुटमा हवाई उडान थप्न थालेका छन्। निजी क्षेत्रका बुद्ध र यती एयरलाइन्सले अहिले पोखरा–काठमाडौं–पोखरा रुटमा उडान थपेका हुन्। अर्काे निजी हवाई कम्पनि श्री एयरलाइन्सले पनि पोखरामा उडान थप्ने तयारी गरेको छ।

यती एयरलाइन्सको पोखरामा रात्री उडान सुरु

निजी क्षेत्रको हवाई कम्पनि यती एयरलाइन्सले काठमाडौं–पोखरा–काठमाडौं रुटमा रात्री उडान सुरु गरेको छ। हवाईयात्रुको माग बढ्दै गएको भन्दै यतीले रात्री उडान थालेको हो। यतीले आइतबार राती यो रुटमा पहिलो रात्री उडान गरेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः आठमहिनापछि बल्ल अन्तर्राष्ट्रिय उडानबाट आम्दानी गर्दै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संचालनमा आएको आठमहिनापछि बल्ल अन्तर्राष्ट्रिय उडानबाट आम्दानी गर्दैछ। तर, त्यो पनि नियमित कमाई भने होइन। संचालनको आठ महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलले अन्तर्राष्ट्रिय यात्रु र जहाजबाट हुने आम्दानी गुमाईरहेको थियो।

भुटान एयरलाइन्सले भदौ ३० देखि काठमाडौँ उडान पुनः सुरु गर्ने

भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौँ गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ।

दुई महिनापछि सुरु भयो पोखरा–जोमसोम उडान

अहिले निजी हवाई कम्पनि समिट एयरले पोखरा–जोमसोम रुटमा उडान थालेको छ। निजी क्षेत्रको अर्काे हवाई कम्पनि तारा एयरले पनि भदौ २५ गतेदेखि यही रुटमा उडान गर्ने तयारी थालेको छ। समिटले अहिले एउटा जहाजबाट उडान सुरु गरेको छ। ताराले पनि सुरुवाती चरणमा एउटा जहाज पोखरामै राखेर उडान गर्ने बताएको छ।

दुई महिनादेखि नियमित उडानको प्रतिक्षामा रेसुङ्गा विमानस्थल

आजदेखि नियमित उडान भर्ने नेपाल एयरलाईन्सले जनाएपनि उडान हुन नसकेको हो । गत असारमा विमानले अन्तिम उडान भरेको थियो ।

दुई दिनदेखि कर्णालीमा हवाई उडान अवरुद्ध

कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ। लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्