२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुई दिनदेखि कर्णालीमा हवाई उडान अवरुद्ध

फाइल तस्वीर

कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ। लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो।

डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हवाई उडान हुन सकेको छैन। हवाई उडान प्रभावित भएपछि नेपालगञ्ज विमानस्लथमा बस्नु परेको ठूलीभेरी नगरपालिका डोल्पाका इञ्जिनियर राजेन्द्र ठकुल्लाले बताए।

उनले भने, ‘दुई दिन भइसक्यो जहाज कुरोको, मौसममा सुधार नआउँदा डोल्पा जान सकिएको छैन। स्थलमा मार्गबाट जान पनि समस्या छ।’

सडक यातायात भरपर्दो नहुँदा हवाई उडान सेवा लिनुपर्ने बाध्यता छ। तर,मौसम प्रतिकुल बन्दा यात्रुहरूलाई समस्या हुँदै आएको छ।

डोल्पामा सडक पुगेपनि वर्षा याममा सहज तरिकाले यात्रा गर्न अझै समस्या छ। खोलामा पानीको सतह बढेका कारण यात्रामा चुनौती हुँदै आएको हो। हुम्ला सडक सञ्जालसँग जोडिन सकेको छैन। नेपालगञ्ज विमानस्थल प्रशासनका अनुसार मौसममा सुधार भएको छैन।

प्रकाशित: ७ भाद्र २०८० ०८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App