८ वैशाख २०८१ शनिबार

२० हजार वर्ग किमी क्षेत्रफलमा हवाइ फोटोग्राफ नक्सा तयार हुँदै

विभागले पश्चिम तराईको २० हजार वर्ग किलोमिटर क्षेत्रफलमा हवाई फोटोग्राफ डाटा संकलन गरी उचाइसहितको फोटो नक्सा तयार गर्ने भएको हो।

यातनापीडितको जीवनस्तर उकास्ने काम गर्न माग

समाजले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षले यातना दिएकाको खोजीका लागि सरकारको ध्यानाकर्षण गराएको हो।

यातनापीडितको जीवनस्तर उकास्न सहयोगको खोजी

यातनापीडित समाजले द्वन्द्वको समयमा यातना पाएका व्यक्तिको पहिचानका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

नापी र मालपोतमा एक तिहाइ कर्मचारी खाली

अख्तियारले गर्ने स्ट्रिङ अपरेसनमा पक्राउ परेर मुद्दा दर्ता हुनेबित्तिकै त्यहाँका कर्मचारी स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था छ। हालसम्म मालपोतका तीन सय र नापीका दुई सयभन्दा बढी कर्मचारी निलम्बनमा परिसकेका छन्।

पहिले २ घण्टा लाग्ने काम, अहिले २ मिनेटमै !

पहिले २ घण्टा लाग्ने काम, अहिले २ मिनेटमैमा सेवाग्राहीको भिड घटेको छ। प्रमुख नापी अधिकृत खिमलाल गौतमका अनुसार कार्यालयले गत फागुनमा सार्वजनिक गरेको मोबाइल एप्स सेवाग्राहीले प्रयोग गर्न थालेपछि सेवाग्राहीका भिड घट्न थालेको हो।

मालपोत, नापी खुल्यो

कोरोना भाइरसको संक्रमणका कारण ७५ दिनदेखि बन्द रहेका मालपोत, नापी तथा भूमि सुधारका कार्यालय आज(आइतबार)बाट खुल्ने भएका छन् । भूमि व्यवस्था विभागले शुक्रबारै मातहतका कार्यालयलाई आन्तरिक सर्कुलर गरी आइतबारदेखि आन्तरिक प्रशासन तथा अत्यावश्यकीय सेवा सुरु गर्न निर्देशन दिएको हो ।

१७ लाख घुस बाँडफाँड गर्दागर्दै नापीका अधिकृतसहित ६ जना पक्राउ

रुपन्देहीमा घुससहित छ जना पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले नापी कार्यालय रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठसहित ६ जनालाई १७ लाख घुस सहित पक्राउ गरेको हो।

१७ लाख घुससहित नापी कार्यालयका ५ जना पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टोलीले रूपन्देही जिल्लाको नापी कार्यालयका अधिकृत सरोज श्रेष्ठसहित ५ कर्मचारी र एक जना दलाललाई १७ लाख घुससहित पक्राउ गरेको छ।

३५ हजार घुससहित नापी सर्बेक्षक पक्राउ

नापी कार्यालय बाँकेका सर्बेक्षक यामबहादुर खत्रीसहित दुई जना ३५ हजार रूपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। हाल साबिक भिडाउने काम वापत सेवाग्राहीसँग घुस रकम मागेको सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो।

अख्यितारको डरले मालपोत र नापीमा कर्मचारी रित्तिँदै

भूमि व्यवस्थाका प्रवक्ता जनक जोशीले देशभर मालपोत र नापी कार्यालयमा ठूलो संख्या कर्मचारीको अभाव भएको बताउँदै रिक्त दरबन्दीमा पदपूर्ति गर्न संघीय मन्त्रालयललाई पटकपटक आग्रह गरेको बताए।

नापीका कर्मचारी र लेखनदास पक्राउ

जग्गाको नक्सा संशोधन गरिदिने भनेर घुस लिने नापी कार्यालय सुनसरीका एक जना कर्मचारीसहित दुई जना पक्राउ परेका छन्।

नापी विभागको टोली पहिलो पटक सर्वोच्च शिखरमा

चीनले समेत यसअघि पटकपटक सगरमाथाको उचाइ नाप्ने काम गरेको छ। नेपालले सगरमाथाको उचाइ नाप्न लागेको यो पहिलो पटक हो।

५७ नम्बरको सीमास्तम्भ पुरानै अवस्थामा भेटियो

२०६३ सालमा सरकारले खटाएको सीमा सुपरीवेक्षण टोलीले ५७ नम्बर पिलर २०१९ सालमा निर्माण गरिएको स्थान कोर्लाङपारिको टुप्पोबाट फेदमा सारिएको रिपोर्ट नापी विभाग हुँदै सरकारलाई बुझाएको थियो।

२४ बिघा सरकारी जग्गा व्यक्तिका नाममा

सिरहा नगरपालिका–२२ हकपाडास्थित सरकारी जग्गा नापी तथा मालपोतका कर्मचारीसँगको मिलेमतोमा स्थानीय रामदयाल महतोले निजी नम्बरी बनाएको पाइएको छ। तत्कालीन हकपारा गाविस–९, बठिंयास्थित सरकारको नाममा स्रेस्ता कायम रहेको कित्ता नम्बर ८१ को १४ कठ्ठा जग्गामा महतोले आफ्नो स्रेस्ता कायम गराएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्