६ वैशाख २०८१ बिहीबार
समाज

अख्यितारको डरले मालपोत र नापीमा कर्मचारी रित्तिँदै

काठमाडौं - अख्यितयारको कारबाहीमा पर्ने डले मालपोत र नापी कार्यालयमा कर्मचारी रित्तिन थालेका छन्।  भूमि व्यवस्था मन्त्रालयका अनुसार मालपोत कार्यालय र नापी विभागमा करिब ४० प्रतिशत कर्मचारीको अभाव देखिएको हो।  रिक्त दरबन्दीमा कर्मचारी पठाउन मन्त्रालयले संघीय मन्त्रालयलाई पटकपटक दबाब दिएको छ तर संघीयले माग गरेअनुसार मालपोत र नापीमा कर्मचारी पठाउन सकेको छैन।

मालपोत र नापीमा सकेसम्म कर्मचारी आउन नचाहेको जनाउँदै भूमि व्यवस्था मन्त्रालयका अनुसार प्रमुख नापी अधिकृतको ५९ दरबन्दीमा २९ दरबन्दी पूर्ति छ भने ३० दरबन्दी रिक्त छ।  यसैगरी मालपोत अधिकृतको २ सय ४९ दरबन्दीमध्ये १ सय ७७ दरबन्दी पूर्ति छ भने ७२ दरबन्दी रिक्त छ।  यसैगरी, १२ जना मालपोत अधिकृतको हाजिर नभएको मन्त्रालयले जनाएको छ।

यसैगरी मालापोतका नायब सुब्बाका ७सय ९४ दरबन्दीमध्ये ६ सय ९९ दरबन्दी पूर्ति छ भने ९५ दरबन्दी रिक्त छ।  मालपोतका ८९ जना सुब्बाको हाजिर नभएको मन्त्रालयको भनाइ छ।  मालपोतका खरिदारको ६ सय ४४ दरबन्दीमा १ सय ६१ दरबन्दी रिक्त छ।  ९३ जना खरिदारको हाजिर नभएको मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार नापीअन्तर्गत देशभर २ हजार ९ सय ९० दरबन्दीमध्ये ९ सय ३ दरबन्दी रिक्त छ।  त्यसमध्ये २ हजार ७० दरबन्दीमा पदपूर्ति भएको छ।

भूमि व्यवस्थाका प्रवक्ता जनक जोशीले देशभर मालपोत र नापी कार्यालयमा ठूलो संख्या कर्मचारीको अभाव भएको बताउँदै रिक्त दरबन्दीमा पदपूर्ति गर्न संघीय मन्त्रालयललाई पटकपटक आग्रह गरेको बताए।  ‘मालपोत कार्यालय र नापी कार्यालयमा रिक्त स्थानमा दरबन्दी पूर्ति गर्न प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने राष्ट्रिय समस्या सामधान सििमतको बैठकमा पनि कुरा उठाएका हौं,’ उनले भने, ‘उक्त समितिको ४४ औं बैठकले नापी र मालपोत कार्यालयमा भएको रिक्त दरबन्दी पूर्ति नर्ग संघीय मन्त्रालयलाई निर्देशन पनि दिएको थियो। ’

नापी विभाका महानिर्देशक प्रकाश जोशीले नापीमा करिब ४० प्रतिशत कर्मचारीको अभाव भएको बताउँदै बाँकी कर्मचारीको भरमा काम गर्नुपरेको बताए।  उनले भने, ‘नापीका लागि विगत दुई वर्षदेखि विज्ञापन पनि गरिएको छैन।  त्यस कारणले पनि पदपूर्ति रोकिएको हुनसक्छ। ’

संघीय मन्त्रालय स्रोतका अनुसार अख्यितारको डरले कर्मचारी सकेसम्म मालपोत र नापीमा जान चाहन्नन्।  मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्, ‘नापी र मालपोतमा गएपछि अख्यितारको मुद्दा खेप्ने, बदनाम हुने, र निलम्बन हुन सक्ने सम्भावना रहन्छ,’ ती कर्मचारी भन्छन्, ‘त्यस्तो जोखिम किन उठाउने ?’ मन्त्रालयका अनुसार कर्मचारी समायोजन प्रक्रियामा कर्मचारीले समयोजन फाराम भर्दा कर्मचारीको पहिलो रोजाई नापी र मालपोत कार्यालय भएन।  समायोजनमा कर्मचारीले सकेसम्म मालपोत र नापीमा जान नपाए हुन्थ्यो भन्ने देखियो। ’

नापी र मालपोत कार्यालयमा कार्यतर कर्मचारी मालपोत र नापीमा कामा गर्ने कर्मचारी अवकाशपछि पनि सुख नपाउने गुनासो पोख्छन्। ‘नापी र मालपोतका पुराना पुराना ढड्डा खोज्दा एउटा कागजमा ४÷६ जनाले हस्ताक्षर गरेका छन्।  त्यसमा सबैलाई मुछिन्छ र कुनबेला कसलाई बोलाइन्छ, थाहा हुँदैन’।  कलकीं मालपोत कार्यलयका प्रमुख पूर्णबहादुर केसी भन्छन्, ‘त्यसैले मालपोत र नापीमा काम गर्ने कर्मचारी अवकाशपछि पनि सुख पाउँदैन।  अरु सेवामा भने यस्तो हुँदैन। ’ तर अख्यियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गर्ने वाार्षिक प्रतिवेदनमा भने मालपोत कार्यालय र नापी कार्यालयमा हुने आर्थिक अनियमितता र भ्रष्टाचारमा कमी नआएको उल्लेख छ।

२ सय कर्मचारी निलम्बित

अख्यितारको सुरुदेखि नै तारो मालपोत र नापी कार्यालयका कर्मचारी हुने गरेका छन्।  भूमि व्यवस्था मन्त्रालयका अनुसार हालसम्म करिब २ सय कर्मचारी मालपोत र नापी कार्यालयका कर्मचारी निलम्बित भएका छन्।  मन्त्रालयले ४ जना प्रमुख मालपोत अधिकृत,२६ जना मालपोत अधिकृत, ७जना नायबसुब्बा, ९३ जना खरिदार भ्रष्टाचारको मुद्दामा निलम्बनमा परेका छन्।  नापी विभागका अनुसार हालसम्म करिब १ सय जना कर्मचारी नापी कार्यालयका कर्मचारी भ्रष्टाचारको आरोपमा निलम्बित भएका छन्।

प्रकाशित: १३ भाद्र २०७६ ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App