८ वैशाख २०८१ शनिबार
समाज

नापी विभागको टोली पहिलो पटक सर्वोच्च शिखरमा

फाइल तस्बिर/नागरिक

काठमाडौं - सगरमाथाको उचाइ नाप्न गएको नेपाली नापी विभागको टोली टोली सगरमाथाको शिखरमा पुगेको छ।  विभागका उपसचिव खिमलाल गौतम नेतृत्वको टोली बुधबार बिहान ३ बजे शिखरमा पुगेको हो। उनीहरु शिखरबाट फर्केर साउथकोल आइसकेको विभागको टोलीलाई आरोहण व्यवस्थापनको जिम्मा लिएको पिक प्रमोशन प्रालिले जनाएको छ।

बिहीबारसम्ममा आधारशिविर आइपुग्ने पिक प्रमोशनले जनाएको छ। टोलीले सशखरमा जिपिएसमा सेट गरेको छ। त्यसको तथ्यांकहरुको आधारमा संसारका दर्जनौं वैज्ञानिकहरुले यसलाई गणितीय र ज्यामितीय हिसाबले अध्ययन गरि उचाइ टुंगो लगाएर पुष्टि गर्नेछन्। त्यसका लागि कम्तिमा अझै ६ महिना लाग्नेछ। चीनले समेत यसअघि पटकपटक सगरमाथाको उचाइ नाप्ने काम गरेको छ। नेपालले सगरमाथाको उचाइ नाप्न लागेको यो पहिलो पटक हो।

प्रकाशित: ८ जेष्ठ २०७६ ०२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App