९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

१७ लाख घुससहित नापी कार्यालयका ५ जना पक्राउ

भैरहवा- अख्तियार दुरूपयोग अनुसन्धान आयोग टोलीले रूपन्देही जिल्लाको नापी कार्यालयका अधिकृत सरोज श्रेष्ठसहित ५ कर्मचारी र एक जना दलाललाई १७ लाख घुससहित पक्राउ गरेको छ।  

अख्तियार टोलीले घुस लिँदा लिँदै सर्भेक्षकद्वय तिर्थराम भण्डारी र थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राजकुमार अर्याललाई पक्राउ गरेको हो।

उनीहरु बसपार्कस्थित अशोका होटल नजिकबाट पक्राउ परेका हुन्। अख्यितार टोलीका अनुसार पैसा रुजु गर्ने काम भइरहेको र यथार्थ विवरण आउँन बाँकी रहेको छ।

 

प्रकाशित: ३० फाल्गुन २०७६ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App