२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नापी कार्यालय जीर्ण, सेवा प्रवाहमा समस्या

जीर्ण भवन। बर्खामा पानी जम्ने कोठाहरू। भत्किएका भित्ता। झयालढोका पनि जीर्ण बनिसकेका। भवनको तीनतिर काँडे झाडी। च्यातिएको फल्स सिलिङ। बिग्रेका पुराना काठे र खिया लागेका टिनका दराज।

सगरमाथाकाे उचाइ नाप्ने टोली दिङ्बोचेमा

सगरमाथाको उचाइ नाप्ने समूह सोलुखुम्बुको दिङ्बोचेमा पुगेको छ। चैत २७ गते बुधबार काठमाडौँबाट हिँडेको टोली मङ्गलबार खुम्बु पासाङल्हामु गाउँपालिका–४ को दिङ्बोचेमा पुगेको हो।

‘के भनौँ र खै तिमी हाँस है, मै बसौँला रोई’

“के भनौं र खै तिमी हाँस है, मै बसौँला रोई”, भक्तपुरको नापी कार्यालयमा शुक्रबार अनुगमनमा पुगेकी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले यो गीतको टुक्का भनेर कर्मचारीहरुप्रति व्यङ्ग्य गरिन्।

भक्तपुर नापीमा विश्राम कक्ष

भक्तपुर नापी कार्यालयमा जेष्ठ नागरिक र  शारीरिक रूपमा अशक्त सेवाग्राहीका लागि विश्राम कक्ष तथा बालबालिकाका लागि स्तनपान कक्षको स्थापना गरिएको छ।

सगरमाथाको उचाई मापन गरिँदै, नापी विभागको टोली आधार शिविर प्रस्थान

नेपालले पहिलो पटक आफ्नै साधान स्रोतमा सगरमाथाको उचाई मापन गर्न लागेको छ। उचाई मापन गर्न भूमि व्यवस्था, सकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गत नापी विभागको टोली बुधबार सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेको छ।

देशभर तीन करोड कित्ता जग्गा

नेपालमा जग्गाका कित्ता र जनसंख्या लगभग बराबरीजस्तै देखिएको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार व्यक्तिगत, सरकारी, सार्वजनिक र गुठी गरी देशभर तीन करोड कित्ता जग्गा रहेको छ। तर सरकारी अभिलेखमा जग्गा प्रशासन प्रणालीभित्र दर्ता नभएको ऐलानी जग्गा भने नसमेटिएको मन्त्रालयले जनाएको छ। ऐलानी जग्गाबारे यकिन तथ्यांक खोज्ने काम भइरहेको मन्त्रालयका प्रवक्ता जनक जोशी बताउँछन्।

मालपोत र नापी कार्यालय डिजिटल बनाइँदै

भ्रष्टाचार, घुसखोरी र बिचौलिया रोक्न देशभरका नापी र मालपोत कार्यालयलाई डिजिटल बनाउने तयारी सुरु भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचारविरोधी अभियन्ताहरुले मालपोत र नापी कार्यालयमा सबैभन्दा बढी भ्रष्टाचार हुने निकाय भनेर सार्वजनिक भइरहेका बेला उक्त कार्यालयलाई डिजिटल बनाउन लागिएको हो।

दुर्घटनापीडित परिवारलाई कांग्रेसको सहयोग

नेपाली कांग्रेस जिल्ला कार्य समिति(नुवाकोट)ले गत मंसिर अन्तिम साता दुप्चेश्वर–१, घ्याङडाँडामा मिनिट्रक दुर्घटना हुँदा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ।

घुससहित नापी कार्यालय भरतपुरका कर्मचारी पक्राउ

रत्ननगर - उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई २० हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।

नापी सर्वेक्षक २ लाख रूपैयाँ घुससहित पक्राउ

नापी कार्यालय लहानमा कार्यरत नापी सर्वेक्षक सेवाग्राहीसँग घुस लिंदैगरेको अवस्थामा पक्राउ परेका छन्।

घरजग्गा सडकको नाममा परेपछि...

मालपोत र नापी कार्यालयको लापरबाहीका कारण नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङको घरजग्गा गुम्न पुगेको छ। त्रियुगा नगरपालिका ४ बगाहास्थित तामाङको १ कठ्ठा क्षेत्रफल जग्गा र त्यसमा निर्मित २ तले काठको कचची घरसमेत सगरमाथा लोकमार्गको नाममा परेको पाइएको छ।

घुस लिएको आरोपमा कलंकीका नापी कर्मचारी नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्वेक्षक हरि ओली र कार्यालय सहयोगी अमरलाल श्रेष्ठलाई विहिवार रु १५ हजार घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ।

मालपोत र नापी कार्यालय सार्ने निर्णयविरुद्ध जनप्रतिनिधी आन्दोलित

कलैयास्थित मालपोत र नापी कार्यालयलाई उत्तरी भेगमा पर्ने सिमरामा सार्न वर्तमान सरकारले चलखेल शुरु गरेका भन्दै जिल्लाका स्थानीय तहका प्रमुख, प्रदेश र प्रतिनिधी सभाका सदस्यहरु आन्दोलित बनेका छन्।

सेनापीडित महिलाले पाउन सकेनन् अझै न्याय

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको प्रलोभनमा परी अवैध सम्बन्धबाट जन्मिएका बालबालिका र तीनका आमाले अझै न्याय पाउन सकेका छैनन्।

नापी, मालपोत, यातायात र वैदेशिक रोजगार कार्यालयमा दलालहरूको बिगबिगी

जनताको काममा प्रत्यक्ष्य सरोकार राख्ने मालपोत, नापी, बैदेशिक रोजगार, यातायात कार्यलयमा दलालहरूको बिगबिगी हुने गरेको राष्ट्रिय सर्तकर्ता केन्द्रको अध्ययनमा जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्